बजेट प्रथाको सुरुदेखि नै नेपालमा वित्तीय घाटा रहँदै आएको छ। योजनाबद्ध विकास सुरु भएपछि यो घाटा झनै फराकिलो बन्दै आएको छ। पचासको दशकमा राजस्व परिचालन र खर्च व्यवस्थापनबीच सन्तुलन ल्याउने उपायको खोजी गर्न सरकारले सार्वजनिक खर्च पुनरवलोकन आयोग तथा वित्तीय सुधार कार्यदल गठन गरेको थियो। कार्यदलले दिएको सिफारिस कार्यान्वयनमा रहेको कमजोर इच्छाशक्तिका कारण सरकारको वित्तीय स्वास्थ्यमा सुधार ल्याउन सकिएको छैन। देशको राजस्व परिचालनको वर्तमान अवस्थाले विकास खर्चमा योगदान दिन त परै जाओस केही वर्षदेखि चालू खर्च पनि पूरा गर्न नसक्ने स्थितितर्फ अघि बढेको छ। प्रतिबद्ध खर्च बढ्दै गएको छ, राजस्व बढ्न सकेको छैन। बजेटमार्फत घोषणा गरिएका आम्दानी तथा खर्चका लक्ष्य पूरा हुन सकेका छैनन्।
लोकतन्त्रको आधारशीला आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, व्यवस्थापिका–संसद् र क्रियाशील कार्यपालिका हुन्। लोकतन्त्र संस्थागत गरी कानुनी राज्यद्वारा आम नागरिकका आवश्यकता पूर्ति गर्नु आधुनिक समाजको आवश्यकता हो। लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो, जसले सम्पूर्ण देशवासीलाई स्वतन्त्रपूर्वक जीवनयापन, व्यापार–व्यवसाय तथा सम्पूर्ण मौलिक हक सुनिश्चित भएको अनुभूति प्रदान गर्छ। र, यसको मुख्य आधारशीला नै आवधिक निर्वाचन हो, जहाँ आम नागरिकले स्वच्छन्द ढङ्गबाट आफ्नो मताधिकार प्रयोग गरी विकासको मूलप्रवाहीकरणमा सहभागिता जनाउन सक्छन्।
विश्वका अन्य देशसँगै नेपालमा पनि पछिल्लो समय कोरोना (कोभिड–१९)को सङ्क्रमणको दर क्रमशः उकालो लागेको पाइएको छ। कोरोना सङ्क्रमण बढेसँगै पर्याप्त सतर्कता पनि आवश्यक देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार ९१५ जना कोरोना सङ्क्रमित भेटिएको जनाएको छ। मन्त्रालयका अनुसार छ हजार दुई जनाको नमुना परीक्षण गर्दा ९१५ जना सङ्क्रमित भेटिएका हुन्। ९१५ जना नयाँ सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३३ पुगेको छ।
बजारमा वस्तु वा सेवाको खरिद बिक्रीवापत नगदमा भुक्तानी गर्नुपर्छ। भुक्तानी प्रणालीको सुरुवात भएपछि नगदमा हुने भुक्तानीमा विस्तारै कमी आउन थालेको छ। यो प्रणालीको प्रयोग गरी कुनै पनि व्यक्ति वा सङ्गठित संस्थालाई, रकम स्थानान्तरण गर्न, पारिश्रमिक, तलब, बीमा प्रिमियम तथा सेवा शुल्क, महसुल, दस्तुर आदि सजिलै भुक्तानी गर्न सक्छ। विदेशमा आर्जित रकमसमेत भुक्तानी प्रणालीको प्रयोग गरी स्वदेशभित्र सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्न सक्छ। यो प्रणालीबाट कसैलाई रकम भुक्तानी गर्न बैङ्क तथा वित्तीय संस्थामा आफ्नो खाता अनिवार्य हुनुपर्छ। भुक्तानी सेवा सञ्चालनका लागि सबै सेवाप्रदायक कम्पनी विश्वसनीय अनलाइन सञ्जालमा जोडिन आवश्यक छ।
निर्वाचन आयोगले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य शुक्रबारबाट नै सुरु गर्ने जनाएको छ । आयोगले मृतक मतदातालाई सूचीबाट हटाउन शुक्रबारदेखि नै जुट्ने प्रस्ट्याएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि पाँच लाख रुपियाँ विनियोजन गरेर दोलखाको कालिञ्चोक गाउँपालिकाले बाँदर आतङ्कले ग्रसित प्रत्येक घरधुरीले एउटा बाँदर पाल्नुपर्ने कार्यक्रम ल्याएको छ। यो कार्यक्रमले किसानमा खुलदुली मच्चाएको छ। कतिपय किसान वितण्डा सहनुभन्दा बाँदर पाल्न तयार छन् भने कतिपय पाल्न सकिन्छ त भनी आशङ्का पैदा गर्न थालेका छन्। हेरालु बस्दा पनि मान्छेलाई समेत नटेर्ने र घरघरमा आएर वितण्डा मच्चाउन लागेपछि बाँदर पालेर भए पनि समस्या समाधान गर्न पीडित किसानहरू उत्सुक देखिएका छन्। कमै किसान अनिच्छुक रहे पनि आखिरमा उनीहरूले पनि पाल्छन्। वडा नम्बर २ का वडाध्यक्ष हेमबहादुर पाण्डेले भन्नुभयो, “पालिकाको एक घर एक बाँदर कार्यक्रम नै उपयुक्त देखिएको छ। कानुनले नास गर्न मिल्दैन। अरू सबै उपाय असफल भइसकेका छन्।”
पछिल्लो समय स्थानीय तहहरूले करारमा भएका कर्मचारीहरूको म्याद थप नगरी हटाइएका कर्मचारीको स्थानमा पुनः करारमा नै राख्ने लहर नै चलेको छ। गत असार मसान्तसम्म करार म्याद भएका र लामो समयदेखि काम गर्दै आएका कर्मचारीको म्याद थप नगरी नयाँ आर्थिक वर्षको सुरुवातसँगै करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। गत स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका कतिपय स्थानीय तहका पदाधिकारीहरूले अघिल्लो नेतृत्वले नियुक्त गरेका करारका कर्मचारीहरूको म्याद थप नगरी पुनः करारमा नियुक्तिको प्रक्रिया थालेका हुन्। मकवानपुरमा जिल्लाका केही स्थानीय तहहरूले करारमा रहेका कर्मचारीहरूको म्याद नगरी पुनः करारमा कर्मचारी राख्न प्रक्रिया थालेपछि यो विषय अदालतसम्म पुगेको छ।
कुनै महिलाको पाठेघरमा करिब १० किलोको ट्युमर छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर विराट नर्सिङ होममा उपचारका लागि आउनुभएकी एक महिलाको पाठेघरबाट नौ किलो दुई सय ग्राम तौलको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ। पथरी शनिश्चरे नगरपालिका–४ स्थायी घर भएकी महिलाको विराट नर्सिङ होमका चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीको नेतृत्वको टिमले सफल शल्यक्रिया गरेको हो। करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा. भानु न्यौपाने, डा. वातसल्य अर्याल, डा. फारिदा खातुनलगायतको सहभागिता थियो।
सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो ।
काम गर्ने बदमास भएपछि जति सुकै राम्रो उद्देश्य र नाम भए पनि कमाउने बदनाम नै हो । त्यसको पुष्टि मधेश प्रदेशमा मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान भएको छ । छोरीलाई शैक्षिक, आर्थिक, सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यसाथ मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि सञ्चालन गर्दै आएको अभियानमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
काठमाडौं, साउन १९ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ।प्रवक्ता डा. महतले विहीबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै कांग्रेसले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताउनुभएको हो।नेता डा महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्नेसमेत बताउनुभयो। “छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ”, उहाँले भन्नुभयो।पूर्वऊर्जामन्त्री डा. महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गर्नुभयो। नुवाकोटमा कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने उहाँको भनाइ थियो। प्रवक्ता डा. महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको स्पष्ट पार्नुभयो। रासस
काठमाडौं, साउन १९ गते। प्रशासन तथा प्राविधिकतर्फका पदमा पदोन्नति भएका ६३ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रशासन तर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिक तर्फका प्रहरी नायव उपरीक्षक नौ र प्राविधिक तर्फका प्रहरी निरीक्षक २१ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरेर ६३ जना प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो। दर्ज्यानी चिह्न प्रदान गर्नुहुँदै प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतलाई विशिष्टिकृत विधामा उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो। सबै प्रहरी कर्मचारीले संगठनको मूल उद्देश्यमा केन्द्रीत भएर व्यावसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्नुपर्नेमा उहाँको जोड छ। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत एवं जवानको उपस्थिति रहेको थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाइ कार्यक्रम आयोजना गर्दै कार्यकाल पूर्ण सफलताको लागि शुभकामना दिएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नौ के.जी वजनको ट्युमरको जटिल शल्यक्रिया गरी सफलता पूर्वक निकालिएको छ ।