पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाले सेवाग्राहीको लागि नागरिक सेवाकेन्द्र स्थापना गरेको छ । नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकीकृत सेवा सुरु गरिएको नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
चितुवाको छालासहित कैलाली प्रहरीले चार जना व्यक्तिलाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका –२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
नेपाल सरकारले शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करिब १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानुभएका हुुम्लावासीको फुरु (काठको भाँडा) ब्यापार फस्टाउदै गएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उतै रोकिनुुभएका ब्यापारी थोरै भएपछि फुुरु ब्यापारबाट कमाई राम्रो भएको व्यापारीको भनाइ छ ।
चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणमा जाने मिति तय भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आक्रमणवाट एक जना महिलाको मृत्यु भएको छ । निकुञ्जसँगै रहेको दक्षिणकाली मध्यवर्ती वरण्डाभार क्षेत्रमा घाँस काट्न जानु भएकी भरतपुर महानगरपालिका ६ देवनगरका माया विकको हात्तीको आक्रमणवाट मृत्यु भएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । अर्थ समितिले आगामी कार्ययोजनाका विषयमा गरेको छलफलमा पूर्व अर्थमन्त्री पाण्डेले सो कुरा बताउनुभयो ।
नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले निर्वाचनमा दलहरुबीच गठबन्धन गरिनु संविधान विपरित हुने बताउनुभएको छ । शुक्रबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता रावलले सो कुरा बताउनुभयो ।
झापाको मेचीनगर नगरपालिका–७ को स्थानीय खोलामा एक शिशुको शव फेला परेको छ । स्थानीय पालिया खोलामा नवजात शिशुको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान शुरु भएको छ ।
अविरल वर्षाका कारण पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका २ मा दुइ घर पुर्दा दुईजना घाइते भएका छन् ।
बाजुरादेखि गाउँसम्म सुचारु हुँदै आएका ग्रामिण सडक वर्खा सुरु भएसँगै अवरुद्ध भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान, कानुन अनुसारनै भएको बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लाग्नुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।