रामपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको विरोधमा नेविसंघले रिले अनशन सुरु गरेको छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णयको राजनीतिक दलका नेताहरुले स्वागत गर्नुभएको छ ।
साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ ।
सुनको औठीं र आइफोनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–३ स्थायी घर भएका भुपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपाखर गाउँपालिका–८ स्थायी घर भएका भिमबहादुर तामाङ रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी हार्न नहुने बताउनुभएको छ । एमाले हार्दा देशले हार्ने उहाँको जिकिर छ । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
बीपी विचार विचार संग्रह केन्द्रको अस्ट्रेलिया शाखा गठन गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ताको आह्वान गरेको हो ।
नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४३ जना डीएसपीको काज सरुवा गरेको जनाएको हो ।नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४३ जना डीएसपीको काज सरुवा गरेको जनाएको हो ।
एक करोड आठ लाखबढी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ ।
तीन दिनदेखि उदयपुरमा पसेको सप्तकोशीको पानीले निकास खोज्नेक्रममा बेलका नगरपालिका २ मा थप समस्या बढेको छ । सो वडाको लालभित्तीदेखि एकताचोक, कान्तीचोक, रामनगर, नारायणचोकदेखि तल्लोबस्ती चन्द्रपुर हुँदै पुरन्दहसम्म त्यसको थप असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो ।
दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।
चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उहाँ निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ ।
पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९१२ जनामा सङ्क्रमण पुष्टि भएको हो । साथै, २४ घण्टामा एकजना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
लुम्बिनी प्रदेश सरकारको पहिलो विश्वविद्यालय लुम्बिनी प्राविधिक विश्वविद्यालयलको उपकुलपतिमा विनोद ढकाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको लुम्विनी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले बताउनुभयो ।