देशमै गर्न सकिन्छ भन्ने अठोटका साथ तनहुँका एक युवकले साइकलमा तरकारी बोकी घरघरै विक्री गर्न थाल्नु भएको छ । व्याँस नगरपालिका १० कुमलटारीका २६ वर्षीय विनोद सापकोटाले बिदेश जानु भन्दा स्वदेशमा पसिना बगाउनपर्छ भन्ने सोचाईले तरकारी बिक्री थालेको बताउनुभयो ।
गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएको छ । महोत्तरी जिल्लाको प्रादेशिक अस्पताल जलेश्वरमा भेन्टिलेटरसहितको आईसीयू बेड पाँचवटा र बर्दिबास अस्पतालमा तीनवटा गरी आठवटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएको हो ।
धनुषाको ढल्केबरमा एक यस्तो नापी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन। पूर्व–पश्चिम राजमार्ग छेउमै २० वटा कोठा भएको चिटिक्क परेको दुईतले भवन सरकारले भाडामा लिएर राखिएको नापी कार्यालयका अन्य कार्यालयझै प्रत्येक दिन समयमै कार्यालय खुल्छ। कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय आइपुग्नुहुन्छ तर उहाँहरू कामबिना दिनभर कार्यालयमा बस्नुहुन्छ।
बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बैतडीले जडीबुटी, सल्लाको खोटो र वन पैदावर निकासीबाट १२ लाख ७० हजार ९८६ रुपियाँ राजस्व सङ्कलन गरेको होे ।
बाजुरा जिल्लास्थित बडीमालिका भगवती पूजाका लागि वैदिक विधिअनुरूपका पूजाको डोलीसहित जुम्लाबाट सरकारी टोली त्यसतर्फ पैदलै प्रस्थान गरेको छ। जनैपूर्णिमाको दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको सरकारी डोली पठाइएको हो। सो डोली बडीमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जनाइएको छ। सो डोली लैजाँदा पैदलै जानुपर्ने परम्परा रहेको छ।
दाङको घोराही उपमहानगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन सुरु गरिएको छ । शिक्षा महाशाखाले विद्यालय अनुगमन गरेर सामुदायिक विद्यालयहरूमा विद्यार्थी र शिक्षक सङ्ख्यासँगै भौतिक पूर्वाधारको अवस्थाबारेमा जानकारी लिन थालेको हो ।
लुम्बिनी प्रदेश सरकारले पाँच वर्षको बीचमा ४३ वटा पुल निर्माण गरेको छ। १३० वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने ८० वटा सडक पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ। त्यसैगरी प्रदेश सरकारले पाँच वर्षको बीचमा लुम्बिनी प्रदेशमा १३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।
म्याग्दीको सदरमुकाम बेनीदेखि १२ किलोमिटर पश्चिममा पर्ने बेनी नगरपालिका–४, तातोपानीका ५९ वर्षीय छविलाल थापाले घडी, रेडियो तथा चार्जर लाइट मर्मतको पसल सञ्चालन गर्दै आउनुभएको छ। तर उहाँ कहिलेकाहीँ मात्रै पसल खोलेर केही सामग्री मर्मत गर्ने र पसल बन्द गरेर खेतबारीको कामतिरै फर्कनुहुन्छ। कसैले बोलाएको खण्डमा मात्र पसल खोल्ने अनि रेडियो, घडी, चार्जर लाइट मर्मत गर्नुहुन्छ। चार्जरलाइट मर्मत गर्न पोख्न थापालाई अब यो व्यापारप्रति त्यति आकर्षण छैन। उहाँ कसैले बोलाए पनि काम सकेर खेतबारीको काममा फर्किन हतारिनुहुन्छ।
गोरखा नगरपालिका–१, को कोखेआहाले नजिकै गएको जुगेपानी पहिराले सवारी आवागमन तथा आवातजावतमा समस्या भएको छ । बारम्बार खस्ने पहिरोका कारण घ्याम्पेसाल आरुघाट सडक विगत नौ दिनदेखि नियमित सुचारु हुन सकेको छ ।
२०७१ साल साउन १७ गते जुरे पहिरोबाट जनधन गुमाएका पीडितहरूले जनस्तरबाट आफ्नो नाममा जुटेको दुई करोड २४ लाख रुपियाँ बाँड्न सरकारसँग आग्रह गरेका छन्। १४५ जनाको ज्यान गएको उक्त पहिरोमा दुई सयभन्दा बढी घर र हजारौँ रोपनी जग्गा पहिरोले बगाएको थियो। पीडितका नाममा जनस्तरबाट सहयोग रकम जम्मा भएको थियो। तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले जुरे पहिरो पीडितको नाममा जुटेको नगद सहयोग एकद्वार प्रणालीमार्फत वितरण गर्ने भन्दै समितिको खातामा सहयोग रकम राखिएको थियो। तर उक्त रकम आठ वर्ष बित्दासमेत जुरे पहिरो पीडितले पाउन सकेका छैनन्।
सर्वोच्च अदालतले अवहेलना मुद्दामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई स्वयम् अदालतमा उपस्थित हुन आदेश गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन अदालतले जारी गरेको अल्पकालीन आदेशको अवज्ञा गरेको भन्दै अदालतले मन्त्री श्रेष्ठलाई आदेश पाएका मितिले सात दिनभित्र उपस्थित हुन आदेश गरेको हो ।
जिल्ला प्रशासन कार्यालयहरूको औसत कार्यसम्पादन प्रगति ८९.८ प्रतिशत रहेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष २०७८÷७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न गठित समितिको मूल्याङ्कनमा यस्तो औसत देखाइएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका विद्यार्थीलाई बिदाइ गर्ने नाममा विद्यालय सञ्चालकले विद्यार्थीबाट मनपरी शुल्क उठाउन थालेका छन् । प्राचार्यको हस्ताक्षरमा विद्यार्थीमार्फत अभिभावकलाई पत्र पठाएर विद्यालयहरूले बिदाइका लागि रकम उपलब्ध गराइदिन अनुरोध गरेका छन् । कतिपय विद्यालयले त अभिभावकलाई पठाएको पत्रमा रकम नै तोकेर उक्त रकम विद्यार्थीका साथमा पठाइदिन अनुरोध गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी र जलवायु विज्ञमा डा. माधवबहादुर कार्की नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको हो । धनकुटामा जन्मनुभएका सुवेदीले विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । भूराजनीतिका विषयमा स्वअध्ययन गर्नुभएका सुवेदीले नेपालको विदेश सम्बन्ध नीतिमा समयानुकूल पुनरवलोकन तथा परिमार्जन गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । यो विषयमा उहाँले विभिन्न कार्यपत्र, प्रवचन दिँदै आउनुुभएको छ । यसैगरी बैठकले विभिन्न मन्त्रालयका सचिवको सरुवा तथा बढुवा गरेको छ । बैठकले प्रशासनतर्फ सहसचिव दीपक काफ्ले र लेखापरीक्षणतर्फ सहसचिव बिन्दु विष्टलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेशका प्रमुख सचिवमा बढुवा हुुुनुुभएका दीपक काफ्लेलाई पदस्थापन गरिएको छ ।
मधेश प्रदेशमा छोरीहरूलाई विद्यालय तहको शिक्षाको प्रोत्साहन एवं निरन्तरताका लागि प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सुरु गरेको थियो। तीन वर्षअघि सुरु गरिएको यो कार्यक्रम मधेश प्रदेशमा मात्र नभएर समग्रमा मुलुकभरि नै प्रशंसित पनि थियो। यस कार्यक्रमअन्तर्गत मधेश प्रदेशका सबै आठ जिल्लाका कक्षा आठका छात्राहरूलाई आधार बनाएर उनीहरूको अध्ययनमा सहजताका निम्ति साइकल उपलब्ध गराउने नीति अख्तियार गरिएको थियो। नारी शिक्षा प्रोत्साहनका दृष्टिकोणबाट यो कार्यक्रम निकै नै उत्साहप्रद थियो। यसैको फलस्वरूप मधेश प्रदेशमा छोरीहरूको शिक्षामा सकारात्मक नजिता ल्याउने क्रम पनि जारी रहेको थियो।