• ५ साउन २०८१, शनिबार

मन्त्री श्रेष्ठलाई सर्वोच्चमा उपस्थित हुन आदेश

blog

काठमाडौँ, साउन २० गते । सर्वोच्च अदालतले अवहेलना मुद्दामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई स्वयम् अदालतमा उपस्थित हुन आदेश गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन अदालतले जारी गरेको अल्पकालीन आदेशको अवज्ञा गरेको भन्दै अदालतले मन्त्री श्रेष्ठलाई आदेश पाएका मितिले सात दिनभित्र उपस्थित हुन आदेश गरेको हो । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अल्पकालीन आदेश जारीपछि अधिकारीलाई हटाउन साउन १ र ६ गते गरिएका पत्राचार पनि कार्यान्वयन नगर्न आदेश गरेको छ । तर मन्त्रिपरिषद्ले भने अधिकारीलाई पदमुक्त गर्ने निर्णय बिहीबार नै गरिसकेको छ । अधिकारीलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले असार २३ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।