• २३ चैत २०८२, सोमबार

राष्ट्रिय सभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित

blog

राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित लीलाकुमारी भण्डारी । तस्बिर : केशब गुरुङ

काठमाडौँ, चैत २३ गते । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । 

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा भण्डारीको मात्र उम्मेदवारी परेकाले विधिवत रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । 

उपाध्यक्षको मनोनयन दर्ताका लागि आइतबार तोकिएको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गाल हुनुहुन्थ्यो । 

यस्तै, उहाँको समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहनुभएको थियो ।