• १६ चैत २०८०, शुक्रबार

क्याम्पस प्रमुख नियुक्तिको विरोधमा रिले अनशन

blog

चितवन, साउन २० गते । रामपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको विरोधमा नेविसंघले रिले अनशन सुरु गरेको छ । सिनियर प्राध्यापकलाई क्याम्पस प्रमुख नबनाएर जुनियर प्राध्यापकलाई अर्को व्यवस्था नभएसम्मको लागि क्याम्पस प्रमुखको रुपमा नियुक्ति गरेको भन्दै नेविसंघ आन्दोलित हुँदै आएको छ ।

प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गर्दै आएको नेविसंघले शुक्रबारबाट क्याम्पस परिसरमै रिले अनशन समेत सुरु गरेको हो । क्याम्पस प्रमुखको नियुक्ति फिर्ता नभएसम्म आन्दोलन जारी रहने नेविसंघ रामपुर क्याम्पसका सचिव आशिष देवकोटाले जानकारी दिनुभयो ।