• ७ वैशाख २०८१, शुक्रबार

निर्वाचनमा एमाले हार्दा देश हार्छ : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी हार्न नहुने बताउनुभएको छ । एमाले हार्दा देशले हार्ने उहाँको जिकिर छ । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।

देशलाई हार्न नदिन हामी जित्नु अनिवार्य छ अध्यक्ष ओलीले थप्नुभयो, “देशलाई जोगाउन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी जित्नैपर्छ ।” जित्नेगरी तयारीमा जुट्न उहाँले पार्टी पङ्तिलाई निर्देशन दिनुभयो । 

मुख्य फोकस चाँहि निर्वाचनको तयारीमा काम गर्न उहाँले नेता, कार्यकर्तालाई निर्देशन गर्नुभयो । “एमालेका लागि त केही छैन । प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । तर एमालेले हार्दा देश हार्छ” अध्यक्ष ओलीले भन्नुभयो, “एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनु पर्नेछ । देशलाई हार्न दिनुहुने छैन ।”

एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनु पर्नेछ । देशलाई हार्न दिनुहुने छैन ।

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्नसके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उहाँको भनाइ छ । “प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरुले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको छ” अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई दुई तिहाई बहुमत चाहिने हो । तर तत्कालका लागि त्यो सम्भावना छैन । सम्भावना के छ भन्दा हामीले इमान्दार प्रयासलाई संगठित ढंगले, योजनावद्ध ढंगले अगाडि बढायौं भने बहुमत प्राप्त गर्न सक्छौं ।”

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको अधिकार रहेको पनि उहाँले बताउनुभयो । व्यक्तिको अनुहार हेरेर सर्वोच्च अदालतले फैसला गर्न नहुने उहाँको भनाइ छ । मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र पूरा गरेरै छाडने दृढता समेत उहाँले व्यक्त गर्नुभयो ।