• ८ वैशाख २०८१, शनिबार

सुनको औंठीसहित दुई पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २० गते । सुनको औठीं र आइफोनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–३ स्थायी घर भएका भुपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपाखर गाउँपालिका–८ स्थायी घर भएका भिमबहादुर तामाङ रहेका छन् । 

हिमालय एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं र्आएका दुवैजनाबाट सो सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । ती जहाजमा आएका दुबै जनाको गतिविधि संकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट दुवैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ती सामान फेला परेको प्रहरीले जनाएको छ । 

मगरको साथबाट एक थान सुनको बेरुवा औठी, तीन थान आइफोन र तामाङको साथबाट एक थान सुनको औठी, दुई थान आइफोन प्लस आठ र एक थान आइफोन प्लस सात गरी जम्मा अन्दाजी तीन लाख बीस हजार मूल्य बराबरको सामान प्रहरीले फेला परेको जनाएको छ । 

अवैधरुपमा भन्सार छलेर ती सामान लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको प्रहरीको भनाइ छ ।