शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १९ गते । बीपी विचार विचार संग्रह केन्द्रको अस्ट्रेलिया शाखा गठन गरिएको छ । शाखाको अध्यक्षमा उज्वल ढकाल, सचिवमा निशा ढकाल, कोषाध्यक्षमा ईश्वर खड्का, सदस्यमा नविन घले र आविष्कार रिमाल रहनुुभएको छ ।
यो केन्द्र नेपालमा बीपी संग्रहालयमा आवद्ध हुनेछ । शाखा गठनको अवसरमा बीपी संग्रहालयका संस्थापक अध्यक्ष तथा काँग्रेसका नेता परशुराम पोखरेलले बीपी कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुु¥याएको योगदानको चर्चा गर्नुभयो ।
अस्ट्रेलियामा धेरै प्रजातन्त्रवादी नेपाली युवा रहेको अवस्थामा केन्द्रको स्थापनाले बीपी विचारको अध्ययन, अनुसन्धानलगायतका क्षेत्रमा नयाँ काम हुने विश्वास व्यक्त गर्नुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                