• १६ चैत २०८०, शुक्रबार

राजनीति गर्न सजिलो छैन : माधवकुमार नेपाल

blog

काठमाडौं, साउन २० गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ ।

शुक्रवार लतिपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्नुहुँदै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, ‘‘राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चुनौतीको सामान गर्नुपर्छ । तर, सबैभन्दा ठूलो कुरा भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचारण हुनुपर्छ ।’’

अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताउनुभयो ।

अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख उहाँको छ ।