• ८ वैशाख २०८१, शनिबार

एक करोड बढी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

blog

काठमाडौं, साउन २० गते । एक करोड आठ लाख बढी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा साझा रेष्टुरेन्टका सञ्चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ बुद्धनगर बस्ने ४१ वर्षीय प्रकाश यादव र सोही नगरपालिका–१४ कालीमाटी बस्ने २० वर्षीय विष्णु यादवविरुद्ध मुद्दा दायर भएको हो ।

रेष्टुरेन्टका सञ्चालक प्रकाश र विष्णुले आयकरतर्फ ५१ लाख ४१ हजार ९०२ रुपियाँ र मूल्य आयकरतर्फ ५६ लाख ९४ हजार ६२१ गरी एक करोड आठ लाख ३६ हजार ५२३ रुपियाँ राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रकाश र विष्णुविरुद्ध एक करोड आठ लाख ३६ हजार ५२३ रुपियाँ बिगोसहित कैद र ब्याजसमेत असुल हुने गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ । साथै, बरामद भएको लु.४३प २६५० नम्बरको मोटरसाइकल जफत हुने गरी मागदाबी लिई लिएको छ ।