• ५ साउन २०८१, शनिबार

देशको समृद्धिका लागि कृषिक्षेत्रलाई प्राथमिकता दिनुपर्छ : मन्त्री भुसाल

blog

फाइल तस्बिर

काठमाडौं, साउन २० गते । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषिक्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषिक्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड छ । मन्त्री भुसालले नीजि क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने उहाँले बताउनुभयो ।

विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने र देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने उहाँको भनाइ छ ।