• ७ वैशाख २०८१, शुक्रबार

खोलामा तैरिरहेको अवस्थामा शिशुको शव फेला

blog

विष्णुप्रसाद पोखरेल
दमक, साउन २० गते ।
झापाको मेचीनगर नगरपालिका–७ को स्थानीय खोलामा एक शिशुको शव फेला परेको छ ।

स्थानीय पालिया खोलामा नवजात शिशुको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान शुरु भएको छ ।

इलाका प्रहरी कार्यालय मेचीनगर काकडभिट्टाका अनुसार पूर्वपश्चिम राजमार्ग देखि ५० मिटर दक्षिणमा शिशुको शव पानीमा तैरिरहेको देखेपछि स्थानीयले शुक्रबार बिहानै प्रहरीलाई खबर गरेका थिए ।

खोलाबाट शव निकालेर आवश्यक अनुसन्धान शुरु गरिएको र शवको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । बगाएको वा कसैले फ्याँकेको भन्ने अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ ।