• १५ चैत २०८०, बिहिबार

गठबन्धन गर्नु संविधान विपरीत : नेता रावल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २० गते । नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले निर्वाचनमा दलहरुबीच गठबन्धन गरिनु संविधान विपरीत हुने बताउनुभएको छ । शुक्रबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता रावलले सो कुरा बताउनुभयो ।

“जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत हो” उहाँले भन्नुभयो, “यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन दिशातर्फ धकेल्छ ।”

आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा संविधानको धारा २६९ को विरुद्ध रहेको उहाँको भनाइ छ । गठबन्धनले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्ने उहाँले चर्चा गर्नुभयो । “जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो” नेता रावलले थप्नुभयो, “कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयमा समान धारणा भएका राजनीतिक दलले मिलेर संयुक्त सरकार गठन गर्न सकिन्छ ।”