• ५ साउन २०८१, शनिबार

६३ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

blog

काठमाडौं, साउन १९ गते। प्रशासन तथा प्राविधिकतर्फका पदमा पदोन्नति भएका ६३ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रशासन तर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिक तर्फका प्रहरी नायव उपरीक्षक नौ र प्राविधिक तर्फका प्रहरी निरीक्षक २१ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। 

 नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरेर ६३ जना प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो। 

दर्ज्यानी चिह्न प्रदान गर्नुहुँदै प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतलाई विशिष्टिकृत विधामा उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो। सबै प्रहरी कर्मचारीले संगठनको मूल उद्देश्यमा केन्द्रीत भएर व्यावसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्नुपर्नेमा उहाँको जोड छ। 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत एवं जवानको उपस्थिति रहेको थियो।