• १३ वैशाख २०८१, बिहिबार

श्रेष्ठ र तामाङलाई राखेपको बधाइ

blog

मन्त्री जीवनराम श्रेष्ठ र राजदूत दानबहादुर तामाङ राखेप पदाधिकारीसँग तस्बिर खिचाउँदै । तस्बिर : राखेप

काठमाडौं, साउन १९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाइ कार्यक्रम आयोजना गर्दै कार्यकाल पूर्ण सफलताको लागि शुभकामना दिएको छ ।

राखेपले खेल क्षेत्रसाग सम्बन्धित दुवैलाई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले दुईपटक राखेपको सदस्य सचिवको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।  तामाङ नेपाल भलिबल संघका पूर्व अध्यक्ष हुनुहुन्छ । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्यहरु नन्दा बस्याल, अन्जन धमला, जनक बर्तौला, विभागीय प्रमुख, शाखा प्रमुख, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायतले कार्यकाल पूर्ण सफलतका लागिका शुभकामना दिँदै ताम्रापत्र प्रदान गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदसँग सम्बन्धित व्यक्तित्वले राज्यका तर्फबाट महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएका दुवैले खेल क्षेत्रको विकासमा अझ योगदान दिनु हुने विश्वास व्यक्त गर्दै सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । 

मन्त्री श्रेष्ठले राष्ट्रिय राजनीतिमा आउन खेलकुद क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको बताउदै आफूले सम्हालेको मन्त्रालय मार्फत खेलकुदका विषयमा गर्न सकिने सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

राजदूत तामाङले आफ्नो नियक्तिमा पनि खेल क्षेत्रको ठूलो योगदान रहेको बताउदै ‘स्पोर्ट्स डिप्लोमेसी’ मार्फत दक्षिण अफ्रिका र नेपालबीचको खेलकुदलाई कसरी जोड्न सकिन्छ त्यसमा आफ्नो ध्यान केन्द्रीत रहने बताउनुभयो । 

उपाध्यक्ष कोइरालाले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वले महत्वपूर्ण जिम्मेवारी पाउनु सिंगो खेल क्षेत्रका लागि गर्वको कुरा भएको बताउनुभयो । सदस्यसचिव घिसिङले खेल क्षेत्रका वर्तमान वा पूर्व पदाधिकारीले राज्यको महत्वपूर्ण निकायमा अवसर पाउँदा परिषद्ले सम्झनु पर्छ भन्ने मान्यतालाई आत्मासात गरी नयाँ थालनीको सुरुआत गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले परिषद्ले चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा विशेष जोड दिएको जानकारी पनि गराउनुभयो ।