• १३ वैशाख २०८१, बिहिबार

क्रिकेटर पारससहित सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’

blog

सर्वकालीन सम्मानबाट सम्मानित खेलाडीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन १९ गते । हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ । 

हाम्रो खेलकुदले बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, एथलेटिक्स धावक जितबहादुर केसी, बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट र पौडीकी गौरिका सिंहलाई सर्वकालीन सम्मानबाट सम्मान गरेको हो । 

सबैलाई सम्मान पत्र र जनही २५ रुपियाँबाट सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वलाई नेपाली कांग्रेसमा महामन्त्री गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठलगायतले सम्मान प्रदान गर्नुभयो ।