• १२ साउन २०८१, शनिबार

थप ७६० जनामा कोरोना पुष्टि, एकको मृत्यु

blog

काठमाडौं, साउन १९ गते । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये दुई हजार ५८९ जनाको पीसीआर गर्दा ४९४ र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जना सङ्क्रमित भएका हुन् । २४ घण्टामा ३२४ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी ३५१ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा २४६, भक्तपुरमा १७ र ललितपुरमा ८८ जना छन् ।

पछिल्लो २४ घण्टामा ४७ हजार ३४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६०२ छन् ।

सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेसनमा पाँच हजार ४४०, संस्थागत आइसोलेसनमा १६२ जना उपचाररत छन् । संस्थागत आइसोलेसनमा उपचाररतमध्ये ४४ जना आइसीयूमा छन् ।