काठमाडौं, साउन २७ गते । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । दुई दर्जन बढी चलचित्रमा अभिनय गर्नुभएका शाहीले शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गर्नुभएको हो । उहाँलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिनुभएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थिती थियो ।शाहीले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताउनुभयो ।अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
नुवाकोटस्थित त्रिशूली अस्पतालले ‘बायोग्यास प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ ।
काठमाडौं, साउन २७ गते । मण्डला थिएटरमा साउन ६ गतेबाट मञ्चन भइरहेको नाटक 'खुवालुङ' थप केही समय चल्ने भएको छ । नाटकको निर्माण पक्षले नाटकको मञ्चन अवधिलाई भदौ ११ गतेसम्म लम्बाइएको हो ।यो नाटक किरण चाम्लिङ राईले निर्देशन गर्नुभएको हो । नाटकमा विभिन्न जाति, भाषा र संस्कारमा बाँचेर रहेको खुवालुङको कथालाई देखाइएको छ ।नाटकमा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, समयोग गुरागाईं, सविना थापा, प्रसम्शा सिवाकोटी, बेदना राई, रियर राई, रमिला मोक्तानलगायतका कलाकारको अभिनय छ । नाटकमा प्रयोग भएका दुई गीतहरुको रचना स्वप्निल स्मृति र राजन मुकारुङले गर्नुभएको हो ।
थारु कल्याणकारिणीसभाले सरकारसँग राखेका मागका सम्बन्धमा कुराकानी भएको थियो । कल्याणकारिणी सभाले राखेका मागबारे भएको छलफल सकारात्मक भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई नगरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिले आग्रह गरेको छ ।
काठमाडौं, साउन २७ गते । 'चरी जेलैमा'को सिक्वेलको रुपमा 'चरी जेलैमा २' सार्वजनिक भएको छ । गायिका विष्णु माझीको स्वरमा गत वर्ष निकै चलेको तीज गीत 'चरी जेलैमा' तीजको छेकोमा सार्वजनिक भएको हो । गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान् सुन्दरमणि अधिकारीले दिनुभएको छ । गीतमा ललिता पौडेलको अभिनय रहको छ भने यसलाई शम्भु चालिसेले खिच्नुभएको हो । गीतको भिडियोमा निर्देशन पनि अधिकारीको नै रहेको छ ।
बाजुराको बडिमालिका नगरपालिका–९ सेलाघाटमा धान रोपेको जमिन बगरमा परिणत भएपछि सेलाघाटवासी चिन्तित् बनेका छन् ।
लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान रोपाईलगायत पानीको अभावमा अन्य खेतीबारी हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ ।
कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको बिहीबार बसेको बैठकले परीक्षणको दायरा बढाउने, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, खोप अभियान समुदाय स्तरसम्म पुर्याउने मातहतका निकायलाई निर्देशन दिएको छ ।
डोटीको सायल गाउँपालिकामा मुक्त हलिया परिवारका ४८ जना बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको छ । सम बिकास केन्द्र डोटी नामक गैर सरकारी संस्थाले सहयोग गरेको शैक्षिक सामग्री सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले एक समारोहबीच मुक्त हलिया बालबालिकाका अभिभावकलाई हस्तान्तरण गर्नु भएको हो ।
जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ९७४ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबभन्दा बढी भित्री सडकमा ५५० र पूर्व–पश्चिम तथा ढल्केवर–जनकपुर राजमार्गमा ३३७ र बजार क्षेत्रमा ८७ वटा सवारी दुर्घटना भएका छन् ।
मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइएको छ ।
मिथिलाञ्चलमा दिदीबहिनीले आ–आफ्नो दाजुभाईको हातमा राखि बाधेर रक्षा बन्धन पर्व मनाएका छन् ।
सिमकोट गाउँपालिका–३ को गुम्वा गाउँँकी ५५ वर्षीया एक महिला कक्षा एकमा भर्ना हुनुभएको छ ।