• २६ वैशाख २०८१, बुधबार

मिथिलाञ्चलमा मनाइयो रक्षा बन्धन

blog

जलेश्वर–४ सुगाकी दिदीभाई राखि बाधेर रक्षाबन्धन पर्व मनाउँदै ।

महेशकुमार दास  
जलेश्वर, साउन २७ गते ।
मिथिलाञ्चलमा दिदीबहिनीले आ–आफ्नो दाजुभाईको हातमा राखि बाधेर रक्षा बन्धन पर्व मनाएका छन् ।

दिदीबहिनी र दाजुभाईको प्रमेको प्रतिकको रुपमा मनाइने रक्षा बन्धन महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइएको छ ।

महोत्तरीका ग्रामीण तथा शहरी क्षेत्रमा विहानैदेखि दिदीबहिनी रेशमको धागोले बनेको रङ्गिचङ्गि राखि आफ्नो दाजुभाईको हातमा बाँधि दीर्घआयूको कामना गर्दै यो पर्व मनाइका हुन् ।

यसरी राखि बाँधेपछि दिदीबाहिनी र दाजुभाईको प्रेमसम्बन्ध प्रगाढ हुने धार्मिक विश्वास रहेको छ । दिदीबहिनीने दाजुभाईलाई राखि बाँधेपछि दाजुभाईले आफ्नो गच्छ अनुसार दक्षिणा र उपहार दिने गर्छन् ।