• ५ साउन २०८१, शनिबार

नाटक 'खुवालुङ' भदौ ११ गतेसम्म चल्ने

blog

काठमाडौं, साउन २७ गते । मण्डला थिएटरमा साउन ६ गतेबाट मञ्चन भइरहेको नाटक 'खुवालुङ' थप केही समय चल्ने भएको छ । नाटकको निर्माण पक्षले नाटकको मञ्चन अवधिलाई भदौ ११ गतेसम्म लम्बाइएको हो ।

यो नाटक किरण चाम्लिङ राईले निर्देशन गर्नुभएको हो । नाटकमा विभिन्न जाति, भाषा र संस्कारमा बाँचेर रहेको खुवालुङको कथालाई देखाइएको छ ।

नाटकमा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, समयोग गुरागाईं, सविना थापा, प्रसम्शा सिवाकोटी, बेदना राई, रियर राई, रमिला मोक्तानलगायतका कलाकारको अभिनय छ । 

नाटकमा प्रयोग भएका दुई गीतहरुको रचना स्वप्निल स्मृति र राजन मुकारुङले गर्नुभएको हो ।