जलेश्वर नगरपालिकामा २५ वर्षभन्दा बढी समयदेखि बन्न नसकेको मणिपाल कलेज निर्माण कार्य सुरु हुने भएको छ। मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल ओडाद्वारा हस्ताक्षरित साउन १२ गते जलेश्वर नगर कार्यपालिकाको नाउँमा लेखेको पत्रमा वर्षौदेखि बन्न नसकेको मणिपाल कलेजको निर्माण कार्य छिट्टै सुरु हुने जनाइएको छ। जलेश्वर नगरपालिकाले यही साउन ६ गते मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिलाई कलेज निर्माणका लागि ताकेतापत्र पठाएको थियो।
नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो आचारसंहिता जारी गरेको हो । काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले चिकित्सकका लागि आठबुँदे आचारसंहिता जारी गरिएको जानकारी दिँदै भन्नुभयो, “पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले चिकित्सकलाई आचारसंहिताबाट अनिवार्य रूपमा बाँध्नुपर्ने देखियो ।”
पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही १२० किलोमिटर चार लेनको बनाउँदा जङ्गल क्षेत्रका १२ हजार ४४८ वटा रुख काटिने भएका छन्। मङ्गलबार मोरङको कानेपोखरी गाउँपालिकामा सडक निर्माण आयोजनाको परामर्शदाता सुसुङ्ग इन्जिनियरिङ कन्सल्टिङ कोरिया इन एसोसिएसन विथ इन्भाएरोमेन्ट एन्ड रिसोर्स मेनेजमेन्ट र टेक स्टुडियो अफ इन्जिनियरिङ प्रालिले आयोजना गरेको सार्वजनिक सुनुवाईमा वातावरण विज्ञ राजेन श्रेष्ठले सो जानकारी दिनुभएको हो।
स्थानीय तहहरूले भूउपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगर्दा बन्द भएको जग्गाको कित्ताकाटसम्बन्धी काम नियमित सञ्चालन हुन सकेको छैन। जग्गाको खण्डीकरण रोक्ने उद्देश्यले सरकारले भूउपयोग ऐन २०७६ र नियमावली २०७९ जारी गरेको छ। नियमावली जारी भएपछि सीमित रूपमा भइरहेको जग्गाको कित्ताकाट पनि पूर्ण रूपमा बन्द भयो। २०७६ मा ऐन जारी भएपछि जग्गा प्लटिङ गर्ने क्रममा मन्दी आएको थियो। तर पनि अंशबण्डा, संयुक्त दर्ताबाट दर्ताफारी, अदालतको फैसलाबाट झगडियाबीच कित्ताकाट गर्ने जस्ता काम हुँदै आएको थियो। भूउपयोग नियमावली जारी भएपछि जेठ २७ गतेपछि भने सबै प्रकारको कित्ताकाटको काम ठप्प भएको मालपोत कार्यालय विराटनगरका प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिनुभयो। “अदालतको फैसलाबमोजिम गर्नुपर्ने कित्ताकाट पनि अहिले गरेका छैनौँ, अंशबण्डाबाट त कित्ताकाट हुने सम्भावना छँदैछैन,” भण्डारीले भन्नुभयो।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भएको हो । कम्पनीका बिक्री तथा बजार प्रवद्र्धन विभाग प्रमुख भीम थापाले बजेटमार्फत ग्यास खपत कम गर्न विद्युुतीय चुुलो प्रयोगलाई बढाउने नीतिअनुुरूप विद्युतीय चुुलो बिक्री गरिरहेको जानकारी दिनुुभयो । कम्पनीले बिक्री गरिरहेको विद्युतीय चुलो बजार मूल्यभन्दा तीन सय रुपियाँसम्म सस्तो रहेको उहाँले बताउनुभयो ।
जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासीसहित देशका विभिन्न ठाउँबाट शुक्रबार भक्तजन गोसाइँकुण्ड पुगेका हुन्।
जाकार्ता, २७ साउन (रासस/सिन्ह्वा)। इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ। मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ। सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ।पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो।केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्वन्धी अरु प्रमाणहरु जुटाउदै गरेको पनि फिक्रिले जानकारी दिनुभयो। “धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,” उहाँले भन्नुभयो। पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उहाँले बताउनु भयो।
काठमाडौं, साउन २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा राष्ट्रपति भवन‚ महाराजगञ्जमा आयोजित विविध कार्यक्रममा सहभागी हुनुभएको छ। महत्वपूर्ण सांस्कृतिक पर्वको अवसरमा राष्ट्रपतिले वैदिक विधिअनुरूप पण्डित खेमचन्द्र ढकालबाट रक्षा बन्धन ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवनमा आयोजित अर्को कार्यक्रममा राष्ट्रपतिले काठमाडौंका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसादसमेत ग्रहण गर्नुभएको छ।श्रावणीकर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहे बमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ। यसैगरी राष्ट्रपतिले शुक्रबार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रम्हकुमारी राजदीदीबाट पवित्रताको सूचक राखीसमेत ग्रहण गर्नुभयो। रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व देशभरका धार्मिक स्थलमा विशेष पूजा आराधनासहित मनाउने परम्परा रहिआएको छ। आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रूपमा यस पर्वको सांस्कृतिक महत्त्व स्थापित छ।
हेलम्बु, साउन २७ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन्। पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घर पनि जोखिममा छन्। उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो। अहिले तत्कालका लागि विस्थापितलाई १० वटा पाल गाउँपालिकाले उपलब्ध गराएको छ। पहिरो गएपछि सो स्थानको अवलोकनका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको टोली पुगेको छ। पहिरोले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सीमामा रहेको तालामाराङ खोला थुनिन सक्ने जोखिम देखिएपछि तालामाराङ बजार क्षेत्रमा रहेका स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। रासस
सुत्केरी हुन नसकेर बेहोस भएका रामारोशन गाउँपालिका बाटुलासेनकी २० वर्षीया भावाना विष्टलाई निःशुल्क हवाइ उद्धार गरेर थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । सुत्केरी व्यथा लागेर बिहीबार रातीबाट घरमै बेहोस हुनुभएकी भावनालाई दिउँसो वयलपाटा अस्पतालमा बाट थप उपचारका लागि रेफर गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ संविधानले आदिबासी जनजातिको धेरै माग सम्बोधन गरेकाले कार्यान्वयनमा दवाव दिन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।
काठमाडौं उपत्यका एवं देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ।
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, साउन २७ गते। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएको जनाएको छ। बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो। अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन्। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ। यससँगै अब यु-१७ को बन्द प्रशिक्षणमा ३० खेलाडी मात्र रहेका छन्। श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यु- १७ च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ। नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन्। यस्तै यु-१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ। त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ। छनोट खेल भियतनाममा आयोजना हुँदैछ।
काठमाडौं, साउन २७ गते। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ। यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११) सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ।विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ। जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो। यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आकलन गरेको छ। सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ। हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिनुभयो। यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ। उहाँले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको बताउनुभयो। प्रदेश नम्बर १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ।नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ। नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ। मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताउनुभयो। महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशका थोरै स्थानमा मेघ,गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानमा मेघरगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भोलि आइतबार र सोमबार मौसम बदली भएर देशका धेरेजसो स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो। शुक्रबार काठमाडौंको अधिकतम ३० दशमलव पाँच र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ। वीरेन्द्रनगरमा १४ र पोखरामा १० मिलिमिटर वर्षा भएको छ। राजधानी काठमाडौंमा गए रातिदेखि वर्षा भएकाले छैन। बिहान मौसम खुले पनि अहिले उपत्यकाको आकाश आंशिक बदली रहेको छ। रासस