राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले बारअनुसार स्थानीय तहको तालिका बनाएको छ । दैनिक ४० जनाले सेवा लिने गरी टोकन व्यवस्था गरेर कार्यालयले सेवा दिए पनि सेवाग्राहीले भने परिचयपत्र बनाउन सास्ती भोग्दै आएका छन् । “४० जनाको टोकन हुँदो रहेछ, एक जना सेवाग्राहीले भन्नुभयो, प्रशासनमा आइपुग्दा टोकन सकिएको हुन्छ,” राह
पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेदेखि कास्कीको पोखरासम्मको संरचना हटाउनका लागि क्षतिपूर्ति वितरण कार्य धमाधम भइरहेको छ । साबिक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेन बनाउने क्रममा सो क्षेत्रको १३८ वटा संरचना भत्काउनका लागि क्षतिपूर्ति वितरण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो । हटाउनुपर्ने १३८ मध्ये ४२ वटा घरलाई भत्काउन ४० लाख रुपियाँ क्षतिपूर्ति वितरण भइसकेको श्रेष्ठले बताउनुभयो ।
प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने रक्षा सूत्र वा राखी दिदीबहिनीले दाजुभाइको दाहिने हातमा बाँधेर शुक्रबार रक्षाबन्धन पर्व मनाइँदै छ। दाजुभाइको घरमा गएर दिदी बहिनीले रक्षा बाँध्न एक/दुई दिन अघिदेखि तयारीमा लाग्ने गर्छन्। हाट बजारका पसलमा राखी खरिद बिक्री गर्न लागेको भीड, रेडियो, एफएममा बजाउने गरेका गीतले रक्षाबन्धनको रौनक भान हुन्छ ।
रिचेत जलविद्युत् कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
मुक्तिनाथ विकास बैङ्क लिमिटेडले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत व्यतिmगत मुद्दती खातामा नौ वर्ष चार महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिटेन्स मुद्दतीमा आठ वर्ष सात महिना २८ दिनमा तेब्बर हुने बैङ्कले जनाएको छ । त्यस्तै व्यक्तिगत मुद्दती खातामा पाँच वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिmगत रेमिट्यान्स मुद्दतीमा पाँच वर्ष पाँच महिना छ दिनमा दोब्बर हुने बैङ्कले जनाएको छ ।
जुम्लाको कृषि विकास कार्यालयले काँचो स्याउ बजारमा नपठाउन स्थानीय व्यापारीलाई आग्रह गरेको छ । राम्रोसँग नपाकेको स्याउ बजारमा आउन थालेपछि जिल्ला कृषि विकास कार्यालयले त्यस्तो आग्रह गरेको हो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार साउनको पहिलो साता जुम्लाका आठवटै स्थानीय तहका कृषि शाखाका प्रमुख, ठूला किसान र व्यापारीबीच स्याउको बजारीकरण र निर्यातका बारे सरोकारवालाबीच छलफल भएको थियो । छलफलले स्याउ नपाकेसम्म (खानयोग्य) नटिप्ने निर्णयसमेत भएको उहाँले जानकारी दिनुभयो ।
साना तथा मझौला व्यवसायीको वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले यस वर्ष नेपालमा चार करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने भएको छ । निगमले सानिमा बैङ्क र एनएमबी बैङ्कमार्पmत यस्तो ऋण परिचालन गर्न लागेको हो ।
कुनै पनि व्यक्ति विशेषलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न आवश्यक न्यूनतम आधारभूत पक्षहरूको सहज उपलब्धता हुनु जरुरी हुन्छ। आधारभूत पक्षहरूको अभावमा कुनै व्यक्तिद्वारा जिम्मेवारी गहनतासाथ वहन नहुन पनि सक्छ। यो सबैले बुझेकै सामान्य विषय नै हो। प्रसङ्ग नेपाली प्रहरीको हो। नेपाल प्रहरीको स्थापना समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्न भएको हो। यस सङ्गठनले आफ्नो निर्दिष्ट उद्देश्य हासिल गर्न ठूलै परिश्रम जरुरी हुन्छ। कुनै पनि पेसा वा क्षेत्रमा कर्तव्य पूरा गर्न न्यूनतम सेवा, सुविधा उपलब्ध हुनपर्दछ नै तर नेपाल प्रहरीको सन्दर्भमा वास्तविकता केही फरक देखिएको छ। नेपाल प्रहरीका कतिपय एकाइ न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित नै छन्।
मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन मिति घोषणा भएपछि राजनीतिक वृत्तमा सक्रियता बढेको छ। सरकारले मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। आगामी निर्वाचन कसरी सामना गर्ने भन्ने विषयमा राजनीतिक दलहरू गम्भीर देखिएका छन्। गत स्थानीय तह निर्वाचनमा केही स्थान स्वतन्त्रले बाजी मारेपछि एकथरि अब स्वतन्त्रको बाढी नै आउने स्याल हुइयाँ फिजाउन सक्रिय छन्। स्वतन्त्र निर्वाचितहरूको कार्यशैली र सर्भिस डेलिभरी क्षमता कमजोर देखिएकाले अब मतदाताले फेरि गल्ती नदोहो-याउने जानकारहरूको ठम्याइ छ। काठमाडौँका समस्या हुन् वा धरानका मुद्दाले जनतामा निराशा मात्रै थपिएका छन्। त्यसैले आम मतदाताको रोजाइ दलका उम्मेदवार नै हुने देखिएको छ। त्यसका लागि मूलधारका दलको अगुवाइमा राजनीतिक गतिविधि तीव्र भइरहेका छन्। अहिले देशमा दुई धारका गठबन्धनको प्रयास चलिरहेको छ। एउटा धारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ भने अर्काे धारको बिंडो नेकपा एमालेले थामेको छ। कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन अहिले सत्तामा छ।
उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ ।
अर्थतन्त्रमा सबैभन्दा चिन्ताको विषय भनेको दिनप्रतिदिन बढ्दै गएको उच्च व्यापार घाटा र यसले देशको समग्र आर्थिक गतिविधिमा पारेको असरलाई लिने गरिएको छ। वैदेशिक व्यापारको क्षेत्र र यसको मात्रा बढ्दै जाँदा निर्यात र आयात दुवै व्यापारको मात्रा पनि वृद्धि हुँदै गएको छ। विगत लामो समयदेखि निर्यातको तुलनामा उच्च दरमा वृद्धि हुँदै गएको आयातले मुलुकलाई आयातमुखी अर्थतन्त्रतर्फ डो-याएको अनुभूति हुन थालेको छ। यसले व्यापार घाटा मात्र वृद्धि गरेको छैन, मुलुकको विदेशी मुद्रा सञ्चिति, विनिमय दर, भुक्तानी सन्तुलन, औद्योगिकीकरण, पुँजी निर्माणलगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत प्रतिकूल असर पारेको छ। यी समस्या न्यूनीकरणका लागि निर्यात वृद्धि गर्दै आयात प्रतिस्थापन गर्नुबाहेक अर्को विकल्प छैन। साधनस्रोतको उपलब्धता र अनुकूलताका हिसाबले मुलुकले निर्यात वृद्धि गर्नसक्ने सम्भावना बोकेका विभिन्न क्षेत्रमध्ये कृषिक्षेत्र अग्र स्थानमा आउँछ।
युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशका लागि केही गर्ने चाहना पनि अधिक हुन्छ। युवाको विश्वव्यापी रूपमा मान्य हुने एउटै परिभाषा नभए पनि सामान्यतया युवावय अवस्थालाई बाल्यकाल सकिएर वयस्क नहोउन्जेलको उमेरलाई युवाकाल भनेर बुझ्ने गरिन्छ। यस सम्बन्धमा विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन्। नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ। उक्त नीतिका आधारमा हेर्दा नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हिस्सा युवाको जनसंख्याले ओगटेको छ।
जनैपूर्णिमामा जनै त्याग गर्ने मन्त्र : एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया। जीर्णत्वात् तत् परित्यागो गच्छ सूत्र यथासुखम्। अर्थात् यी धेरै दिनसम्म ब्रह्मरूप, जनै मैले धारण गरेँ, जीर्ण भएकाले अब आफ्ना स्थानमा जाऊ, नवीन जनै प्रयोग गर्छु भन्ने हो। श्रावण शुक्लपूर्णिमालाई जनैपूर्णिमा अर्थात् श्रावणीपर्व भनिन्छ । यस दिन नदी, जलाशय तथा घरैमा पनि उपाकर्म गरी पाप प्रक्षालन गर्ने गरिन्छ, नयाँ जनै धारण गरिन्छ।
अदालतको अवहेलना मुद्दामा जवाफ लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सर्वोच्च अदालत पुग्नुभएको छ। अदालतको आदेशानुसार उहाँ बिहीबार लिखित जवाफसहित उपस्थित हुनुभएको हो। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन जारी अन्तरिम आदेश कार्यान्वयन नगरी पुनः पदमुक्तको प्रक्रिया अघि बढाएको भन्दै अवहेलना मुद्दामा अदालतले आफैँ उपस्थित हुन आदेश गरेको थियो।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सिन्धुलीगढी–नागी–मझुवा सडक कछुवा हिँडाइको गतिमा निर्माण भइरहेको छ। सिन्धुलीगढीदेखि मझुवासम्मको १० किलोमिटर लम्बाइ र साढे पाँच मिटर चौडाइको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी निर्माण सुरु भएको चार वर्ष लाग्दासमेत कार्य प्रगति सन्तोषजनक नभएको स्थानीयवासीको गुनासो छ।