ओखलढुङ्गाको ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने भएको छ । भौगोलिक विकटताका कारण केन्द्रीय बिधुत विस्तार गर्न खर्चिलो हुने भएकाले सुनकोशी गाउँपालिका –९ ककनीमा सौर्य मिनिग्रिड निर्माण गरी विधुतीकरण गरिनेभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनुभएको छ।
काठमाडौं, साउन २६ गते । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले यस्तो बताउनुभएको हो। उहाँले म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको बताउनु भयो। उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताउनु भयो। महानिरीक्षक सिंहले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताउनु भयो। उहाँले निर्वाचनका लागि आवश्यक सुरक्षा परिचालन दिनेकुरा सम्बन्धित मन्त्रालयबाट प्राप्त भइसकेको बताउनु भयो। उहाँले नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताउनु भयो।
नेकपा (एमाले) को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ ।
अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् ।
तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । नाका बन्द भएसँगै तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन पाएको छैन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट दर्ता भएको जानकारी दिनुभयो ।
महेशकुमार दास जलेश्वर, साउन २६ गते। टेम्पु चालक अर्जुन साहको हत्या आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। साउन २० गते महोत्तरी लोहारपट्टी नगरपालिका -८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकमा अर्जुन साहको शव भेटिएको थियो।हत्या घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार पाँच जनालाई सार्वजनिक गरेको हो।महोत्तरी प्रहरीले लोहारपट्टी नगरपालिका -४ घर भएर जनकपुर -७ मा बस्ने ३२ वर्षीय जितकुमार यादव, लोहारपट्टी नगरपालिका -४ घर भएर जनकपुर डेरा गरेर बस्ने २१ वर्षीय कृष्ण यादव, जनकपुर - १८ घर भएका २५ वर्षीय सन्तोष कुमार, धनुषा औरही गाउँपालिका -२ पौडेश्वर घर भएर क्षिरेश्वरनाथ नगरपालिका - २ महेन्द्रनगर डेरा गरेर बस्ने २१ वर्षीया प्रमिला महरा र औरही नगरपालिका -२ पौडेश्वर घर भएर क्षिरेश्वरनाथ नगरपालिका -३ महेन्द्रनगरमा बस्ने बिगुल मुखिया विनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो।जितकुमार यादवका भाइ कृष्ण यादव र बिगुल मुखियाकी श्रीमती २१ वर्षीया प्रमिला महराको पूर्व योजना अनुसार जितकुमार यादव र सन्तोष साहले अर्जुन साहलाई रिजर्भमा जाने भनेर टेम्पोमा भित्री सडकमा लगेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। महोत्तरीको लोहारपटी नगरपालिका -८ भगवानपुर चौरस्थित भ्रमरपुराको भित्री सडकमा दुवै जना मिलेर गम्छाले घाँटीमा पछाडिबाट पासो लगाएर हत्या गरेपछि शव नहरमा फालेको प्रहरी बयानबाट खुलेको छ।करिव एक वर्ष पहिले प्रमिला महरा र उनका श्रीमान् विगुल मुखिया र कृष्ण यादवले अर्जुनको घरबाट एक लाख नगद र सुनको गरगहना चोरी गरेको थियो।घटना भएको ६ महिना पश्चात मृतक अर्जुनको आमाले प्रमिला महरा र कृष्ण यादवले चोरी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछि आपसी छलफलपछि उक्त रकम तिर्न विगुल मुखियाले एक लाख १७ हजार र कृष्ण यादवले दुई लाख ४६ हजारको कागज (तमसुक) बनाएर उनीहरु बेपत्ता भएका थिए।केही साता अगाडि मात्र उनीहरुलाई अर्जुनकी आमाले जनकपुरमा फेला पारेर तमसुक बमोजिमको पैसा नतिरे प्रहरीमा उजुरी गर्छु भनेर डर देखाएकी थिइन्।सोही रिसले प्रमिला, उनका श्रीमान बिगुल र कृष्ण यादवले मृतक अर्जुन साह र उनको आमालाई मारेर सुनको गरगहना, घरमा रहेको नगदसहित तमसुक समेत लुटने योजना बनाएका थिए।कृष्ण यादवले पूर्व योजना अनुसार जितकुमार यादव र सन्तोष कुमारलाई अर्जुनलाई हत्या गरे ३० हजार दिने प्रलोभन देखाएको र सोही योजना अनुसार साउन २० गते जितकुमार यादवले अर्जुन साहलाई फोन गरेर टेम्पो भाडामा लाने बताएका थिए।सोहि दिन साँझ उनीहरुले योजनावद्ध ढंगले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो। शव फालेर आरोपी फरार हुन खोजे पनि टेम्पो जनकपुर -७ मुसहरी टोलमा टेम्पो फसेपछि त्यही छोडेर भागेका थिए।पाँचै जनालाई क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरबाट लुकिछपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।घटनाको विभिन्न पक्षबाट अनुसन्धान भइरहेको पंगेनीको भनाइ छ।
यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उहाँका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानव जस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ ।
काठमाडौं, साउन २६ गते । कमेडी फिल्म 'चंगाचेट २'को प्रमुख कलाकारमा विपिन कार्की अनुबन्धित हुनुभएको छ । निर्माण कम्पनी डीएस डिजिटल र विपिनबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।मंसिर पहिलो साता जनकपुरधाममा छायांकन हुने फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्ने भएको छ । खनालले यसपटक भने मूलधारको कमेडीमा फिल्म बनाउँदै हुनुहुन्छ । फिल्ममा विपिन पनि हास्य भूमिकामा देखिने भएका छन् ।यो फिल्म पाँच वर्षअघिको फिल्म चंगाचेटकै दोस्रो श्रृंखला हो । मुख्य कलाकारमा यसअघि अर्पण थापा पनि जोडिनुभएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो ।
२८ औं विश्व आदिवासी दिवसलाई नेपालमा सप्ताहव्यापी रुपमा मनाइरहेको अवस्थामा राप्रपा नेपालले आदिबासी अधिकारप्रति आफ्नो दल प्रतिवद्ध रहेको जनाएको छ । सो दलको आदिवासी जनजाति विभागले एक कार्यक्रम गरी शुभकामना आदानप्रदानसहित सो प्रतिवद्धता जनाएको हो ।
आर्थिक वर्ष २०७८–७९ मा सिमकोट गाउँपालिकाको बिकासे बजेट पौने आठ करोड रुपियाँ फिर्ता गएको छ । काम सुरु हुन नसक्नु, भएको काम पूर्ण नगर्नु र गाउँपालिकाले मिलान कोष शिर्षकमा बजेट बिनियोजन नगरेपछि बजेट फिर्ता गएको बताइएको छ ।
पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ।