• १३ जेठ २०८१, आइतबार

कोभिड संक्रमण बढेसँगै तातोपानी नाका पुनः बन्द

blog

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिन्धुपाल्चोक । तस्बिर : चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, साउन २६ गते । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । नाका बन्द भएसँगै तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन पाएको छैन् ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिनुभयो । तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको उहाँले बताउनुभयो ।

‘खासा क्षेत्रमा ५८ जना कोभिड संक्रमित भेटिएको खबर आएको छ’ प्रजिअ तिवारीले भन्नुभयो । 

तिब्बतमा कोभिड संक्रमण बढेर आयात रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि तिवारीले बताउनुभयो । ‘खासा क्षेत्रमा ५८ जना कोभिड संक्रमित भेटिएको खबर आएको छ’ प्रजिअ तिवारीले भन्नुभयो । कहिले नाका सूचारु हुन्छ भन्ने जानकारी नआएको उहाँको भनाइ छ ।  

सो नाकाबाट दैनिक ४ देखि ८ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुदैंआएको थियो । स्याउ, मेशिनरी उपकरण, रोल कपडा आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, कोरोना महामारीलगायतका बिपद्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदैंआएको छ ।