• ८ वैशाख २०८१, शनिबार

कला र साहित्यको अवमूल्यन गर्नु हुँदैन : वरिष्ठ नेता पौडेल

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, साउन २६ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनुभएको छ। 

बिहीबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्नु हुँदै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताउनु भयो। उहाँले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जघाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनु भयो। 

कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ। देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ। साहित्य र कलाको महत्त्व हामीले अवमूल्यन गर्नुहुन्न। साहित्य र कलालाई हामीले मिनिमाइज ग¥यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ। हामीले केही प्रगति गर्न सक्दैनौँ । हाम्रो पहिचान नै समाप्त हुन्छ। कल्पनाशीलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन। देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ।’’ वरिष्ठ नेता पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गर्नुभयो।  


बी.पी कोइराला नेपाल साँस्कृतिक संघ, साहित्यिक प्रत्रकार संघ, नेपाली लेखक संघजस्ता साहित्यिक संस्थाको संस्थापना तथा सञ्चालनमा आबद्ध हुनुहुन्थ्यो  भन्दै उहाँले नेपाल साँस्कृतिक संघलाई पार्टीको साँस्कृतिक फाँट हेर्ने सशक्त संरचना बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो । 

नेपाल साँस्कृतिक संघका अध्यक्ष तीर्थबहादुर थापाले बीपीले स्थापना गर्नुभएको र गिरिजाप्रसाद कोइरालाले  पुनर्जीवन दिनुभएको साँस्कृतिक संघलाई पार्टीले उपेक्षा गरेको गुनासो गर्नुभयो । आन्दोलन तथा निर्वाचनहरूमा तमाम कलाकारहरूले काँग्रेसका पक्षमा चुनावी लहर ल्याएको सत्य नबिर्सन पनि अध्यक्ष थापाले आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले कम्युनिष्टहरूका घोषणापत्र र पार्टीका साहित्य झुटका सङ्ग्रह हुन् भन्दै नेपाली काँग्रेसलाई जनस्तरमा पुराउन सबैभन्दा प्रभावकारी साधन नेपाल साँस्कृतिक संघ हुनसक्ने विचार व्यक्त गर्नुभयो । 

नेपाल साँस्कृतिक संघका प्रवक्ता तथा कवि महेश प्रसाईं र महामन्त्री गणेश सुवेदीले साहित्यकार, लेखक, चलचित्रकर्मी, आधुनिक कलाकार, नाट्यकर्मी तथा संस्कतिप्रेमी जनताको भावना सरकार पार्टीले कदर गर्नुपर्नेमा जोड दिनुभयो ।  प्राडा द्वय कृष्णप्रसाद दाहाल र कुसुमाकर न्यौपालेले भाषा, साहित्य राष्ट्रियता प्रबर्धन गर्ने साधन हुन् भन्दै यिनको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउनु पर्ने आवश्यकता औँल्याउनु भयो । 

कार्यक्रममा रामेश्वर राउत मातृदासले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कवि त्रिभुवनचन्द्र वाग्ले तथा सन्ध्या पहाडीले टिप्पणी गर्दै बहुलवादमा विश्वास गर्ने काँगे्रसले साहित्यलाई राजनीतिक हतियार होइन राजनीतिलाई बाटो देखाउने विचारपुञ्जको रूपमा सम्मान गर्नुपर्ने बताउनुभयो ।  

यसैबीच यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई प्रदान गरिने भएको छ । साहित्यकार तथा सञ्चारकर्मी दाहालको श्रद्धाञ्जली सभामा  पहिलो पटकको पुरस्कार पुनलाई प्रदान गर्ने घोषणा गरिएको हो । ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्था दर्ता गरी स्वर्गीय दाहालकी श्रीमती सुधा दाहालबाट प्राप्त ५१ लाख रूपियाँ अक्षय कोषबाट कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका सचिव कवि ठाकुर बेल्बासेले जानकारी दिनुभयो । पुरस्कारको राशी एक लाख ५० हजार रूपियाँ हुनेछ ।