काठमाडौँ, असोज २ गते । श्रीलङ्कामा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालले बिहीबार (आज) बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा साँझ ७:१५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
समूह ‘ए’ पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हराएर उत्साहित देखिएको नेपालले बङ्गलादेशलाई हराउन सके समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
बङ्गलादेशको यो पहिलो खेल हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई हराउँदा दुवै गोल समीर कुमारले गर्नुभएको थियो ।
सातै देश सहभागी च्याम्पियनसिपको समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।