• २ असोज २०८२, बिहिबार

च्याम्पियन्स लिग : साविक विजेता पिएसजीको विजयी सुरुवात

blog

गोल गरेपछि पिएसजीका खेलाडी ।

काठमाडौँ, असोज २ गते । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको एकपक्षीय खेलमा फ्रेन्च टोली पिएसजीले इटालियन क्लब एटलान्टालाई ४–० गोलले हरायो ।  

पिएसजीलाई जितान कप्तान मार्किन्होसले तेस्रो, ख्विचा क्वारात्स्खेलिया ३९औँ, नुनो मेन्डिसले ५१औँ र गोन्सालो रामोसले इन्जुरी समयमा गोल गर्नुभयो । 

बुधबार राति नै भएको अन्य खेलमा इङ्लिस क्लब लिभरपुलले स्पेनिस टोली एट्लेटिको म्याड्रिडलाई ३–२ गोलले हरायो । 

घरेलु टोली लिभरपुलको जितमा एन्डी रोबर्ट्सन, मोहम्मद सलाह र कप्तान भर्जिल भान डाइकले गोल गर्नुभयो । एट्लेटिकोका लागि दुवै गो मार्कस लोरेन्टले गर्नुभएको थियो । 

अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इङ्लिस टोली चेल्सीलाई ३–१ गोल र इटालियन क्लब इन्टर मिलानले नेदरल्यान्ड्सको आयाक्सलाई २–० गोलले स्तब्ध बनायो । एजेन्सी