• १ असोज २०८२, बुधबार

बैतडीको सुर्नया नदीमा किशोरी मृत फेला

blog

केशव राज भट्ट 

वाशुलिङ (बैतडी), असोज १ गते । बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५, नौघरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । 

स्थानीय रौलेशवर मावि कक्षा १२ मा अध्ययनरत १७ वर्षीया अप्सरा चन्द सुर्नया नदीमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडा ५ का अध्यक्ष केशवबहादुर बिष्टले बताउनुभयो ।

असोज १ गते बिहान चन्दको शव नदीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडुले जानकारी दिनुभयो ।

किशोरीको शव फेला परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनाको विस्तृत कारण अहिलेनै खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडुले जानकारी दिनुभयो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भइरहेको छ । 

कक्षा १२ मा अध्यनरत अप्सराको मृत्युपछि सिङ्गो गाउँनै शोकमा डुबेको छ ।