• २५ असोज २०८२, शनिबार

लोक सेवा तयारी सहयोगी : वस्तुगत प्रश्नोत्तर

blog

१. नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल व्यक्तित्व को हुनुहुन्छ ? 

सुशीला कार्की

कार्की विसं २०८२ भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको । 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा ६१ (४) को आधारमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको । 

जेनजी आन्दोलनकारीको रोजाइमा परेर देशको पहिलो महिला सरकार प्रमुख बन्नुभएको नवनियुक्त प्रधानमन्त्री कार्कीको प्रमुख कार्यभार छ, महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेको ।

कार्कीले विसं २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म नेपालको पहिलो महिला प्रधान न्यायाधीशको रूपमा कार्यभार समाल्नुभएको थियो । प्रधान न्यायाधीशबाट अवकाश भएको करिब आठ वर्षपछि उहाँले कार्यपालिकाको नेतृत्व गर्ने नेपालको पहिलो महिला सरकार प्रमुखको इतिहास रच्नुभएको । 

कार्कीले आफ्नो इमानदार छवि र दृढ निर्णयका कारण न्यायालयमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको । लोकमानसिंह कार्की प्रकरण, सुडान घोटाला, दाइजोसम्बन्धी मुद्दा, बैङ्क अनियमितता जस्ता चर्चित मुद्दाको फैसलामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको । 

प्रधानन्यायाधीशको कार्यकाल सकिन करिब ४० दिन बाँकी रहँदा उहाँलाई महाभियोग लगाइएको थियो । व्यापक विरोधपश्चात् सो प्रस्ताव फिर्ता भएको थियो । सर्वोच्च अदालतले पछि त्यसलाई राजनीतिक प्रतिशोध भनेको थियो ।

उहाँलाई निर्भीक, इमानदार र न्यायप्रति समर्पित न्यायाधीशका रूपमा चिन्ने गरिन्छ । 

विराटनगर (मोरङ) मा विसं २००९ जेठ २५ गते जन्मनुभएको कार्कीले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गर्नुभएको । 


२. नेपालको इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता बन्न सफल व्यक्तित्व को हुनुहुन्छ ? 

सविता भण्डारी 

विसं २०८२ भदौ २९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त गरिएको । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको । 

न्यायिक वृत्तमा सबैले गुरु मान्ने कृष्णप्रसाद भण्डारीको छोरी सविता राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त पनि हुनुहुन्छ । 

पहिलो महान्यायाधिवक्ता ः कालीप्रसाद उपाध्याय 


३. नेपालमा भ्रष्टाचारको विरोध एवं सामाजिक सञ्जालमाथि प्रतिबन्धको विषयमा केन्द्रित रही जेनजी पुस्ताको आन्दोलन कहिले सञ्चालन भएको हो ? 

विसं २०८२ भदौ २३–२४ 

डिजिटल प्रविधि र सामाजिक सञ्जालमा सशक्त बनेको जेनजी पुस्ता आफ्ना मागहरू उठान गर्दै सशक्त रूपमा आन्दोलनमा उत्रिएको । 

जेनजी पुस्ताको पहलमा अघि बढेको सो आन्दोलनमा विद्यार्थी, युवा, उद्यमी, श्रमिक र प्रवासी आवाजलाई एउटै उद्देश्यमा बाँध्दै विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता रहेको । 

राज्यसत्ता, राजनीतिक नेतृत्व र प्रशासनलाई जवाफदेही बनाउन उठाइएका सवालहरूले तत्कालीन समस्या मात्र नभई दीर्घकालीन न्याय, समानता र पारदर्शी शासन प्रणालीको आधार तयार गर्न दिशा देखाउने विश्वास जेनजी पुस्ताको रहेको । 

चर्चित शब्द ः नेपोबेबिज (अवसर, जागिर, छात्रवृत्ति वा सुविधा पाउन पहुँच र नातावादलाई आधार बनाउने प्रवृत्ति) ।

मुख्य नारा ः इनफ इज इनफ, वेक अप जेन–जी, युथ अगेन्स्ट करप्सन

प्रमुख घटनाक्रम

आन्दोलनको सुरुवात ः  २०८२ भदौ २३

गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा ः २०८२ भदौ २३

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा ः २०८२ भदौ २३

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा ः २०८२ भदौ २४

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा राज्यको नाममा सम्बोधन ः २०८२ भदौ २४ 

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन, संसद् विघटन ः २०८२ भदौ २७ 

आन्दोलनको प्रभाव

७२ भन्दा बढीको मृत्यु, सयौँ घाइते । 

संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत जस्ता महत्वपूर्ण सरकारी भवनमा आगजनी । 

राष्ट्रपति भवन, विभिन्न मन्त्रालय र नेताहरूको निवासमा ठुलो क्षति । 


४. विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो ? 

अल्बानिया

नियुक्ति मिति ः सन् २०२५ सेप्टेम्बर ११ 

नाम ः डिएला 

उद्देश्य ः भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन 

व्यवस्था प्रवर्धन 

अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो मन्त्रीपरिषद्मा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरेका छन् । यो ऐतिहासिक जिम्मेवारी डिएलाले पाएकी हुन् ।

प्रधानमन्त्रीका अनुसार डिएलाले सार्वजनिक कोष, सरकारी परियोजना र ठेक्का टेन्डरहरूलाई कडाइका साथ अनुगमन गर्नेछिन् । डिएलाको सक्रियताले मुलुकमा ठेक्का टेन्डरहरू शतप्रतिशत पारदर्शी र भ्रष्टाचारमुक्त हुने विश्वास गरिएको । 


५. नेपालमा राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ ? 

भदौ २९ 

विसं २०८२ (६१ औँ) बाल दिवसको नारा ः ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ 

विसं २०६३ देखि नेपालले संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको दिन २०४७ भदौ २९ को सम्झनामा हरेक वर्ष यो दिवस मनाउन थालिएको । 


६. जेनजी पुस्ताको आन्दोलनपश्चात् गठित अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन कहिले गर्ने घोषणा गरेको छ ? 

विसं २०८२ फागुन २१ 


७. युनेस्कोद्वारा वास्तुकलाको राजधानीका रूपमा घोषणा गरिएको सहर कुन हो ?

रियो दी जेनेरियो (ब्राजिल)


८. वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?

शुक्र


९. अफ्रिका महाद्वीपकै ठुलो जलविद्युत् आयोजना कुन हो ? 

ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (गर्ड), ब्लु नाइल नदी, इथियोपिया 

उद्घाटन ः सन् २०२५ सेप्टेम्बर ९ 

उत्पादन क्षमता ः ५,१५० मेगावाट 

निर्माण सुरु ः सन् २०११ 

कुल लागत ः पाँच अर्ब अमेरिकी डलर 

यो आयोजना अन्तर्गत सन् २०२२ मा पहिलो टर्बाइनबाट विद्युत् उत्पादन सुरु भई व्रmमशः सन् २०२५ सेप्टेम्बर ९ मा यसले अधिकतम ५,१५० मेगावाट उत्पादन पु¥याएको । 


१०. नेपालले विश्व स्वास्थ्य सङ्घ (डब्लुएचओ) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५३ सेप्टेम्बर २


११. मुलुकभरिका स्थानीय तहका उपमेयर र उपाध्यक्षको राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ जेठ २३–२४, विराटनगर

सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको ।

 

१२. प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ?

सोलुखुम्बु


१३. सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ? 

राष्ट्रिय योजना आयोग (२०८२ कात्तिकभित्र स्थापना निर्णय भएको)

२०८२ जेठ ५ गते बसेको मन्त्रीपरिषद् बैठकले यो कार्ययोजना स्वीकृत गरेको । 


१४. म्युजिक खबर दीर्घ साधना सम्मान २०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ? 

गीतकार यादव खरेल 


१५. जितिया पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ? 

तराई क्षेत्र 

आफ्ना सन्तानका लागि निराहार व्रत बसेर सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै यो पर्व असोज कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म 

मनाउने गरिन्छ । 

तराईका जिल्लामा थारू तथा मैथिली महिलाले विशेष महìवका साथ मनाउने जितिया पर्वमा जितवाहन भगवानको पूजा आराधनासहित कठोर व्रत बस्ने चलन रहेको छ । 


१६. बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?

सन् २०२१ सेप्टेम्बर ७


१७. युरोपेली मुलुक फ्रान्सको प्रधानमन्त्रीमा हालै कसलाई चयन गरियो ? 

सेबास्टियन लेकोर्नु

फ्रास्वाँ बायरोले विश्वासको मत गुमाएर राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्ना रक्षामन्त्री र निकट सहयोगी सेबास्टियन लेकोर्नुलाई नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका । 

दुई वर्षभित्र बनेका पाँचौँ प्रधानमन्त्री लेकोर्नुका सामु अब देशमा गहिरिँदै गएको राजनीतिक सङ्कट समाधान गर्नुपर्ने चुनौती रहेको । 

युरोपेली सङ्घको दोस्रो ठुलो अर्थतन्त्र फ्रान्स अस्थिरताको सँघारमा उभिएको । 


१८. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?

विसं २०७८ असोज १२


१९. अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ ? 

सेप्टेम्बर १६ 

सन् २०२५ को नारा : ‘फ्रम साइन्स टु ग्लोबल एक्सन’ अर्थात् ‘विज्ञानबाट विश्वव्यापी कार्यसम्म’ 

यो अभियानले वैज्ञानिक निष्कर्षलाई नीतिगत उपायहरू र अन्तर्राष्ट्रिय सहयोगमा कसरी रूपान्तरण हुन्छ भन्ने कुरा देखाउँछ, जसले वातावरणीय चुनौतीलाई सम्बोधन गर्न एकताबद्ध प्रयासको शक्ति प्रकट गर्छ ।

  प्रस्तुतकर्ता : टङ्क केसी