काठमाडौँ, असोज १ गते । जापानमा आगामी वर्ष आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागिताका लागि नेपालबाट ३२ खेलका खेलाडीको नाम सुची दर्ता गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार प्रेश विज्ञप्ती जारी गरी ३२ खेलको सुची दर्ता गरिएको उल्लेख गरेको छ । एनओसीका महासचिव राजिव श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तीअनुसार यसअघि दर्ता गरिएको सुचीमा फुटबल र तेक्वान्दो खल थप गरिएको हो ।
सहभागिताको लागि ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मा खेल र खेलाडी संख्या दर्ता गर्ने अन्तिम समय सेप्टेम्बर १६ तारिख मङ्गलबारसम्म रहेको थियो । यसअघि एनओसीले ३० खेल दर्ता गरेको थियो ।
एनओसीले यसअघि तोकिएको समयमा दर्ता नगरिएको फुटबल र तेक्वान्दोको खेलसहित खेलाडी संख्या पनि पठाइएको हो । एनओसीकोअनु्सार नेपालबाट ३२ खेलमा दुई सय ३९ पुरुष र एक सय ९५ महिला गरी कूल चार सय ३४ जना खेलाडीको सुची दर्ता गरिएको छ ।
एसियाडका लागि दर्ता भएका खेल
एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स, बेसबल एन्ड सफ्टबल, राफ्टिङ एन्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ–स्पोर्ट्स, गल्फ, हक्की, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्ट्स क्लाइम्बिङ्ग, स्क्वास, सफ्टटेनिस, पौडी, लनटेनिस, टेबलटेनिस, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, फुटबल र तेक्वान्दो ।