• १४ वैशाख २०८१, शुक्रबार

ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने

blog

फाइल तस्बिर

शेरबहादुर राई

ओखलढुङ्गा, साउन २६ गते । ओखलढुङ्गाको ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने भएको छ । भौगोलिक विकटताका कारण केन्द्रीय बिधुत विस्तार गर्न खर्चिलो हुने भएकाले सुनकोशी गाउँपालिका –९ ककनीमा सौर्य मिनिग्रिड निर्माण गरी विधुतीकरण गरिनेभएको हो । 

ककनी गाउँमा केन्द्रीय विधुत पु¥याउन धेरै खर्चिलो हुने भएकाले सौर्य मिनिग्रिडमार्फत विद्युतीकरणको काम अघि बढाइएको वडाअध्यक्ष हितराज कार्कीले बताउनुभयो । ककनीमा रहेको एक सय ७० घर परिवारलाई लक्षित गरेर सौर्य मिनिग्रिड स्थापनाको काम थालिएको उहाँको भनाइ छ । 

पाँच करोड ८७ लाख ६९ हजार लागतमा सूर्योदय ऊर्जा प्रालि. काठमाडौंले ७० किलोवाटको सौर्य मिनिग्रिड परियोजना निर्माण गर्ने वडाअध्यक्ष कार्कीले जानकारी दिनुभयो । परियोजनाको काम सुरु गर्न कम्पनीबाट प्राविधिक र कर्मचारी सुनकोशी –९ ककनीमा आएर सम्भाव्यता अध्ययन थालेको निवर्तमान वडाअध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । 

एसिया पेसेफिक ईकोनोमिक कर्पोरेशनको ९० प्रतिशत अनुदान र सुनकोशी गाउँपालिकाको १० प्रतिशत लागतमा परियोजनाको काम सम्पन्न हुनेभएको छ । वडाको अन्य बस्तिहरुमा अहिले धमाधम केन्द्रीय विधुत विस्तारको काम भइरहेको छ । एक साताभित्र वडामा अधिकांश घरहरुमा केन्द्रीय विधुत जडानको काम सकिने वडा कार्यालयले जनाएको छ । ककनी गाउँ जिल्लाकै चर्चित धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ ।