करिब ६ महिनादेखि अलपत्र रहेको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा समितिको प्रक्रिया छिटो अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सदस्यहरूलाई आग्रह गर्नुभएको छ। सिफारिस समितिको बैठक सहजीकरणका लागि सभामुख सापकोटाले बुधबार बैठक बोलाउनुभएको थियो। बैठकमा सापकोटाले छानबिन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भने ६ महिनासम्म अलपत्र प्रस्ताव कार्यकालको अन्तिम समयमा समितिमा पठाइनुको औचित्य सभामुखसँग सोधेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकमा सुशासन कायम गर्ने सबैको दायित्व रहेको बताउँदै उजुरी नपर्ने गरी कार्य सम्पादन गर्न सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा सरकारका सचिव तथा विभागीय प्रमुखसँग आयोगद्वारा राजधानीमा आयोजित दुईदिने अन्तक्रियामा प्रमुख आयुक्त राईले अनुगमन र मूल्याङ्कनका क्रममा देखिएका समस्या तत्कालै समाधान गरे मात्र आयोगमा पर्ने उजुरीको सङ्ख्यामा कमी आउने बताउनुभयो ।
कुनै पनि मुलुकको आर्थिक उन्नतिका लागि पूर्वाधार विकास अति महत्वपूर्ण हुन्छ। पूर्वाधार निर्माण सजिलो काम होइन र यो सस्तो पनि हुँदैन। सडक, पुल, विमानस्थल, विद्युत्, खानेपानी, सिँचाइका पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्छ। लगानी दुर्लभ साधन हो। विकास अर्थशास्त्रले प्रतिफल बिनाको लगानी गर्न नहुने कुरामा जोड दिन्छ। प्रतिफल बिनाको लगानीकै कारण श्रीलङ्काको अर्थतन्त्र अहिले टाट पल्टिएको छ। लगानी गर्ने साधनको साँवा तथा ब्याज बुझाइरहनु पर्ने तर पूर्वाधारले प्रतिफल दिन नसक्ने हो भने त्यसले समस्या निम्त्याउँछ। पूर्वाधारले त थप लगानी तान्न सक्नुपर्छ, थप रोजगारी सिर्जना गर्नुपर्छ। उत्पादन र आयआर्जन बढाउँदै गरिएको लगानीले अर्थतन्त्रमा नयाँ क्रियाशीलता ल्याउनु आवश्यक हुन्छ।
नागरिकले राजनीतिमा युवाको बाहुल्य चाहेको छ। राजनीतिको नेतृत्वसम्म आइपुग्न युवालाई कस्ता चुनौती छन् भन्ने विषयमा बहस गर्न भने कोही तयार छैनन्। राजनीतिक नेतृत्व आफँैमा असल कामको श्रेय र खराब कामको अपनत्व लिन सक्ने चुनौतीपूर्ण जिम्मेवारी हो । त्यस्ता चुनौतीपूर्ण जिम्मेवारी हासिल गरी उपलब्धिमूलक कार्यसम्पादन गर्न सक्ने काविल युवा राजनीतिमा कसरी प्रवेश गर्न सक्छन् भन्ने चासो र चिन्ता सर्वव्यापी छ।
केही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरिएको छ। यति बेला विद्यार्थी आफ्नो भविष्य निर्माणको निर्णायक बिन्दुमा छन् अर्थात् कुन विषय रोज्ने र के बन्ने भन्ने मार्ग खोजिरहेका छन्। अभिभावक पनि यसैको खोजीमा छन् यति बेला। त्यसैले यो बेला सन्तान र अभिभावकका लागि उपयुक्त मार्ग छनोट गर्ने बेला हो। यदि सही मार्ग पहिचान गर्न सकेनन् भने बाँकी जीवनको यात्रा सहज नहुन सक्छ साथसाथै समय र स्रोत दुवै खेर जान सक्छ। त्यसैले यो समयमा केही कुरामा विवेकपूर्ण निर्णय गर्नुपर्ने हुन्छ।
प्यालेस्टाइन इस्लामिक जिहादका दुई नेता खालेद मन्सुर र तेसिर जाबेरी इजरायली सेनाको हवाई आक्रमणमा गाजा क्षेत्रमा मारिएसँगै इजरायल र प्यालेस्टाइनबीचको विवादले चरम हिंसाको रूप लियो। दुवैतर्फ एक–अर्काविरुद्ध आक्रमण भयो। इजरायलले सशक्त हवाई कारबाहीलाई अगाडि बढायो। प्रतिकार स्वरूप इस्लामिक जियादले इजरायलविरुद्ध रकेट आक्रमण ग-यो। इजरायलतर्फ खासै क्षति भएको छैन। गाजामा भने मानवीय र भौतिक क्षति भयो। १५ बालबालिकासहित ४४ जना मारिए भने तीन सयभन्दा बढी घाइते भए। इजरायली अधिकारीले ‘ब्रेकिङ डन’ नाम दिइएको यो सैनिक कारबाही प्रभावकारी भएको दाबी गरेका छन्।
बेलायती विधिशास्त्री जेरेमी बेन्थम (१७४८–१८३२) ले सर्वप्रथम सन् १७८९ मा प्रकाशित ‘एन इन्टरडोक्सन टु द प्रिन्सिपल अफ मोरल्स एन्ड लिजिस्लेसन’ भन्ने पुस्तकमा अन्तर्राष्ट्रिय कानुन भन्ने पदावलीलाई सार्वजनिक प्रचलनमा ल्याए। जर्मनका प्राध्यापक लिजा फ्रेन्सिस लरेन्स ओपनह्याम (१८५९–१९१९) ले अन्तर्राष्ट्रिय कानुनलाई मुलुकहरूका प्रथा र कानुनबाट सञ्चालित नियम जसलाई सभ्य मुलुकहरूले एकअर्कामा लागू गर्दै आएका छन् भनी व्याख्या गरेका छन्। अन्तर्राष्ट्रिय कानुनमा मुलुकको सार्वभौम अधिकारलाई उच्च महत्त्व दिइन्छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार भए पनि सञ्चालनमा अन्योलता देखिएको छ ।
संविधान जारी भएको करिब सात वर्षपछि सङ्घीय संसद्ले शपथसम्बन्धी विधेयक पारित गरेको छ । संविधानले सार्वजनिक पद धारण गरेका व्यक्तिले कार्यभार सम्हाल्नुअघि पद तथा गोपनीयताको शपथ लिने व्यवस्था गरेको छ । तर, लामो समयदेखि कानुनविहीन रूपमा शपथ हुँदै आएको थियो ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट सुनिश्चित भएपछि मात्रै रूख कटानको अनुमति दिइने बताउनुभएको छ । सामुदायिक वन दिवसका अवसरमा वन तथा भूसंरक्षण विभागद्वारा बुधबार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले विमानस्थल निर्माणका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली नगराएरसम्म रूख काट्न नदिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “मुआब्जा पाइसकेको जमिन खाली गरियोस् । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रुख कटान गर्न मन्त्रालय अनुमति दिन तयार छ ।”
बिहान घाम लागे पनि दिउँसोदेखि पहाडी भूभाग र अन्य भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘निःशुल्क शिक्षा कानेपोखरी गाउँपालिकाको इच्छा’ कार्यक्रम ल्याएको थियो।
सुनसरीको रामधुनी नगरपालिका–७ को पञ्चायत माध्यमिक विद्यालय कुमरखतमा कक्षा १० मा अध्ययनरत सुनिचा चौधरी महिनावारीको समयमा दुई वर्षअघिसम्म घरमै बस्नुहुन्थ्यो। दुईदेखि तीन दिनसम्म विद्यालयका कक्षा छोड्नुपर्ने बाध्यता पनि थियो। महिनावारीको समयमा हुने अप्ठ्यारोका कारण यस्तो बाध्यता भएकाले रामधुनी नगरपालिकाको समन्वय र प्लान इन्टरनेसनल नेपालको सहयोगमा ग्रामीण समाज उत्थान केन्द्र सुनसरीले सिकाइ परियोजनाअन्तर्गत यस विद्यालयमा महिनावारी आराम कक्षको व्यवस्था भयो। त्यसपछि चौधरीसहित कक्षा ६ देखि १० कक्षासम्मका किशोरीलाई विद्यालयमा सञ्चालनमा आएको महिनावारी आराम कक्षले सहज भएको विद्यालयका प्रधानाध्यापक शङ्कर लुइटेलले जानकारी दिनुभयो।
रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई-मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।
काठमाडौँ, साउन २५ गते। यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ। बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उहाँको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गर्ने घोषणा भएको हो। पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्बासेले जानकारी दिनुभयो। पुन देश बाहिर रहनुभएकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ। दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो। संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ। अक्षयकोशको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो। त्यस्तै दाहाल यज्ञनिधिले लामो समय शिक्षण गर्नुभएको दरबार हाइस्कुलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई २० हजार पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा दिइने निर्णय गरिएको छ। कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा डा. केदार न्यौपाने, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. विष्णु राई, लोचन भट्टराई, श्रवण मुकारुङ, प्रह्लाद पोखरेल, धिरेन्द्र प्रेमर्षि, अभय श्रेष्ठ, अनिल पौडेल., गोविन्द नेपाल, सूर्यप्रसाद डुम्रे, डम्बर घिमिरे, प्रकाश सिलवाल, त्रिभुवनचन्द्र वाग्ले, भावकेशर बराल, गोविन्द आचार्य, पारु तिमल्सिना, गीता सापकोटा, मुना बोहोरा, टीका चाम्लिङ, ओमकुमारी बन्जारा, श्रीतेष थापाले कविता वाचन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि दिवसले यसरी एउटा स्रष्टालाई निरन्तर सम्झनेगरी संस्थाको जन्म भएकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्नुहुँदै सदनका अध्यक्ष सुधा दाहालले दाहाल यज्ञनिधिको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको जानकारी गराउनुभयो। ‘‘मैले उहाँलाई गुमाए। यो म एक्लो भएको दिन हो। अरु केही गर्न नसकेपछि उहाँको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको हो’’, अध्यक्ष दाहालले भन्नुभयो। कार्यक्रममा दाहाल यज्ञनिधिकी आमा कृष्णकुमारी दाहालको समेत उपस्थिति थियो।