राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।
रेखीराम रानापाल्पा, साउन २५ गते । राष्ट्रिय भूमि आयोगले पाल्पाका थप पाँच वटा पालिकामा काम सुरु गरेको छ । जिल्लाको पूर्वखोला, निस्दी, बगनासकाली, रिब्दीकोट र रम्भा गाउँपालिकामा आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको हो । आयोग र पालिकाबीच सम्झौता भएपछि तथ्याङ्क सङ्कलनको काम प्रारम्भ गरिएको आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । यसअघि तानसेन, रामपुर, माथागढी, रैनादेवी छहरा र तिनाउमा सम्झौतापछि काम सुरु भइसकेको उहाँले बताउनुभयो । पाल्पाका बाँकी पाँच वटा पालिकासँग सम्झौतापछि भूमिहीन, सकुम्बासी तथा दलितको तथ्याङ्क सङ्कलन गरेर इन्ट्री गरिने उहाँले जानकारी दिनुभयो । ती पालिकामा अव्यवस्थित बसोबाससमेत रहेको जानकारी प्राप्त भएकाले अव्यवस्थित बसोबासको समेत निवेदन माग गरिनेछ । थपिएका पाँच वटा पालिकामा लालपूर्जा वितरणको लागि काम तीव्र रुपमा अगाडि बढाइने र तीन/चार महिनाभित्रै आयोगले तोकेको मापदण्डअनुसार लालपूर्जा वितरण गरिने आयोजकका सदस्य हरिता थापामगरले जानकारी दिनुभयो । पाल्पा जिल्लामा हालसम्म रामपुर नगरपालिकाभित्रका ८८२ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासको तथ्याङ्क सङ्कलन, फिल्ड बुक तयार, जग्गा नापजाँच, नक्सा तयार भएको छ । उनीहरूको नाममा तयार लालपूर्जा वितरणका लागि हकदावी सम्बन्धी सूचना प्रकाशित गरेर लालपूर्जा वितरणको काम गरिने जिल्ला अध्यक्ष गैरेले बताउनुभयो । माथागढीको विभिन्न स्थानमा यसअघिका आयोगले वितरण गरेका दुई सय २५ जनाको लालपूर्जाको फिल्डबुक तयार, जग्गा नापजाँच तथा नक्सा तयार गर्ने कार्य भइरहेको छ । आयोगका अनुसार पाल्पाको तानसेन नगरपालिकाभित्रका ११२ भूमिहीन दलित, १९९ भूमिहीन सुकुम्बासी तथा एक हजार ११२ व्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको छ । यस्तै, रामपुर नगरपालिकाको थप ८२ जना भूमिहीन दलित, ९१ जना भूमिहीन सुकुम्बासी तथा एक हजार ६७० अव्यवस्थित बसोबासको निवेदन प्राप्त भएको छ । माथागढीमा भूमिहीन दलित ४२, भूमिहीन सुकुम्बासी २३ तथा एक हजार दुई सय पाँच व्यवस्थित बसोबासको निवेदन आएको भूमि आयोग जिल्ला समितिले जनाएको छ । रैनादेवी छहरा गाउँपालिकामा हालसम्म भूमिहीन दलित १२, भूमिहीन सुकुम्बासी २४ र अव्यवस्थित बसोबास गर्ने एक हजार ४० जनाको निवेदन परेको छ ।
नवीन सुवेदीसुर्खेत, साउन २५ गते । अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा सहिद भएकाहरुको श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलन आज (साउन २५ गते) ७ वर्ष पूरा भएको छ । सो बेला सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भएको थियोे । मध्यपश्चिम र सुदूरपश्चिमलाई गाभेर प्रदेश नम्बर ६ बनाएपछि चर्केको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । कर्णाली प्रदेश जन्माउने चार जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको सहिद परिवारले गुनासो गरेका छन् । सहिद यामबहादुर बिसी स्मृति प्रतिष्ठानले गरेको सातौँं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उहाँहरुले गुनासो गर्नुभएको छ । सहिद बिसीा बहिनी भगवति बिसीले अधिकार प्राप्तिको लडाईँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको बताउँदै भन्नुभयो, ‘‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्था समेत गर्न सकेको छैन ।’’ यस्तै, वीरेन्द्रनगर ४ का सहिद गौतमका छोरो अमृत गौतमले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग सरकारले नगरेको दुखेसो पोख्नुभयो । उहाँका आमा दुर्गादेवी गौतम दीर्घ रोगी हुनुहुन्छ । मुटुको भल्व परिवर्तन गरेका दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको थियो ।सहिदका सपना पूरा गर्न प्रदेश सरकार लागेको छ: मन्त्री बुढाक्षेत्रीश्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताउनुभयो । संघीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरेको बताउनुभयो । उहाँले सहिदको सम्झनामा प्रादेशिक सहिदपार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जीविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने प्रतिबद्धता जनाउनुभयो ।
कैलालीमा ११ हजार ४३० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले गत असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम थालेको थियो ।
नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बुधबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोराबारे जानकारी गराउनु हुनेछ ।
ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको छ । जिल्लाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा आलु र बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
स्वास्थ्यमा समस्या भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनुभएको छ । सेती प्रादेशिक अस्पतालमा आज उहाँ भर्ना हुनु भएको हो ।
पविता पौडेल रुपन्देही, साउन २५ गते । सैनामैना नगरपालिका -१ बनकट्टामा ३० करोडको लागतमा सुविधाजन्य ज्येष्ठ नागरिकग्राम बन्ने भएको छ ।प्रदेश सरकारबाट बजेट स्वीकृत भइसकेको सैनामैना नगरपालिकाका इन्जिनियर सुुरज न्यौपानेले जानकारी दिनुभएको हो । बहुवर्षे योजनामा परेको उक्त ज्येष्ठ नागरिक ग्राममा १ ,२ र ३ बल्कहरु हुनेछन् । सो ग्राममा मेडिकल बल्क, ठूलो सभाहल र मन्दिर पनि बनाइनेछ । उक्त जग्गामा ग्रामको लागि पर्खाल लगाइसकेको छ ।उहाँका अनुुसार ग्राम बन्नका लागि सैनामैना नगरपालिकाको संयोजनमा ६ बिघा १० कठा १७ धुर जग्गा उपलब्ध भएको छ ।नगरपालिका प्रमुख फडेन्द्र शर्माले ग्रामसँगै सैनामैना -१ पिपलडाडाँमा छिट्टै ट्रमा सेन्टर पनि बन्न लागेको जानकारी गराउनुभयो । ट्रमा सेन्टरको लागि पनि बजेट स्वीकृत भइसकेको छ ।
काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विचार मिल्नेहरुबीच आगामी निर्वाचनमा तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । राजनीतिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विचार मिल्ने दलसँग चुनावी तालमेल (गठबन्धन) गर्न एमाले तयार रहेको उपाध्यक्ष नेम्बाङले बताउनुभएको हो ।
दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् ।
वर्षाका कारण पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । वडा अध्यक्ष दिपकुमार तामाङले हेलम्बु गाउँपालिका–५ का पहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा टेण्ट हालेर सार्न थालिएको जानकारी दिनुभयो ।
नेपाल पुलिस क्लब तथा राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्ध हुनुभएको छ । मिडफिल्डर दीपाले केरेला महिला लिगका लागि भारतीय क्लब डनबस्को एफएसँग सम्झौता गर्नुभएको हो ।