• १९ असार २०८१, बुधबार

दीपा भारतीय क्लबमा अनुबन्ध

blog

दीपा न्यौपाने । तस्बिर : गोरखात्र

काठमाडौं, साउन २५ गते । नेपाल पुलिस क्लब तथा राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्ध हुनुभएको छ । मिडफिल्डर दीपाले केरेला महिला लिगका लागि भारतीय क्लब डनबस्को एफएसँग सम्झौता गर्नुभएको हो ।

उहाँ बुधबार दिउँसो भारत प्रस्थान गर्दै हुनुहुन्छ । दीपाले सम्झौता एक वर्षको लागि गर्नुभएको हा । उहाँको पारिश्रमिक सम्झौता रकम भने खुलाइएको छैन । दीपाले खेल्ने केरला महिला लिग पनि बुधबारबाटै सुरु हुँदैछ । लिगको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाईटेड भिड्ने छन् । डन बस्कोले आफ्नो पहिलो खेल बिहिबार लर्ड्स पीआरविरुद्ध खेल्नेछ ।

केरेला लिगको विजेता महिला आई लिगमा प्रवेश गर्नेछ । गोकुलम केरेला, केरेला ब्लास्टरर्स, केरेला युनाईटेड जस्ता क्लबहरुले खेल्ने महिला लिगमा पछिल्लो वर्ष डनबस्को दोस्रो भएको थियो । गोकुलम केरेला पहिलो हुँदै इन्डियन महिला लिगमा छनोट भएको थियो ।