नेपाल पुलिस क्लब तथा राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्ध हुनुभएको छ । मिडफिल्डर दीपाले केरेला महिला लिगका लागि भारतीय क्लब डनबस्को एफएसँग सम्झौता गर्नुभएको हो ।
महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रको रुपमा प्रख्यता छ । दैलेख जिल्लाको नौमुले गाँउपालिका २ वडा अन्तर्गत पर्ने महावुधाम कालिकोट जिल्लाको महावै गाँउपालिका र दैलेखकै महावु गाँउपालिकासँग जोडिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनका लागि अवरोध भएमा कानुन परिमार्जनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ। प्रतिनिधि सभामा ध्यानाकर्षण र सार्वजनिक महìवको प्रस्तावको छलफलपछि जवाफ दिँदै मन्त्री कोइरालाले समावेशी सिद्धान्त कार्यान्वयनका लागि कानुनभन्दा इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो।
काठमाडौंको काँडाघाडी क्षेत्रमा मंगलबार (हिजो) राति परेको भिषण पानीले वितण्डा मच्चाएको छ । मनोहरा खोलामा आएको वाढीले खोला छेउछाउको बस्ती डुवानमा परेको छ ।
सरकारले बालबालिकाका लागि उपलब्ध गराउँदै आएको दिवा खाजाको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिँदै आएको पाइएको छ। विद्यालयमा शिक्षक दरबन्दी कम र विद्यार्थी चाप बढी हुँदा निजी स्रोतबाट शिक्षक नियुक्ति गरेर दिवा खाजाको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिइएको बताइएको छ।
निर्वाचन कार्यालयले कैलालीमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन तयारी थालेको छ। सरकारले आगामी मङ्सिर ४ गते निर्वाचनको मिति तोकेपछि जिल्ला निर्वाचन कार्यालयले तयारी अगाडि बढाएको हो। सरकारले निर्वाचनको मिति तोकेलगत्तै मतदाता नामावली सङ्कलन गर्ने र सार्ने कार्य बन्द गरेर तयारीमा जुटेको निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताउनुभयो।
लोककलाको प्रवद्र्धनमा समर्पित कलाकारको जीवनी पुस्तकका रूपमा पाठकमाझ आएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘लोककलाकार जीवनी’ पुस्तकमा १३ जना कलाकार समेटिएका छन्।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
स्पेनको च्याम्पियन क्लब रियल म्याड्रिडले ट्रफी जितेर गत सत्र सकाएको थियो। सो क्लबले यस सत्रको सुरुवात ट्रफी जितेर नै गर्न चाहेको छ। यसका लागि रियल म्याड्रिडले बुधबार जर्मनीको आइन्ट्राक्ट फ्रान्कफर्टसँग यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ। यूएएफए सुपर कप नयाँ सत्रको सुरुवातमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हुने गर्दछ। सो खेल फिनल्यान्डको हेलसिन्कीमा हुनेछ। फिनल्यान्डमा पहिलो पटक यूईएफएको फाइनल हुन लागेको हो।
जिल्लाका अधिकांश गाउँ सडक सञ्जालमा नजोडिएकाले दैनिक जीवनयापन कष्टकर बनिरहेको छ । सिकिस्त बिरामीलाई समेत स्वास्थ्य संस्थामा बोकेरै पु-याउनुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी परे भने स्वास्थ्य संस्थामा ल्याउन डोको, झोलुङ्गो र स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थासम्म पु-याइन्छ । भुमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिका गरी तीन पालिकाले बनेको जिल्लामा यातायातको सहज पहुँच नहुँदा समस्या भोग्नुपरेको हो ।
लक्षीपुर पतारी गाउँपालिका–६ सितापुर पतारी जाने सडको पानी निकास नहुँदा विगत सात वर्षदेखि सयौं विगाहा जमीनमा पानी जमेर उत्पादन हुन सकको छैन । पानी निकासको लागि स्थानीयहरुले गाउँपालिकासँग माग गर्दै आइरहेका छन् ।
मुस्लिम समुदायले मनाउने महान् पर्व मोहर्रम केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थालेपछि सद्भावको पर्व बन्दै गएको छ । हिन्दुले समेत मनाउन थालेपछि धार्मिक सद्भावको पर्वका रूपमा विकसित हुँदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसाथ मनाउन थालेपछि छुट्टै रौनक थपिएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारको मुख्य सडक शिवालय चोकदेखि प्रगति चोकसम्मको सडक फुटपाथ व्यापारीले अतिक्रमण गरी सामान राख्दा पैदलयात्रीलाई सास्ती भएको छ। मुख्य बजारक्षेत्रको मुख्य सडक व्यापारीका कारण अस्तव्यस्त हुँदा पनि सम्बद्ध निकायले कुनै चासो देखाएको छैन। कुश्मा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसमेत यो समस्या समाधानमा मौन देखिएका छन्।
वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र पर्ने १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका विद्यालय महानगरपालिकाबाट पाउने सबै प्रकारका सेवासुविधा र अनुदानबाट वञ्चित हुनेछन्।