• १५ चैत २०८०, बिहिबार

‘लोककलाकार जीवनी’ पुस्तकमा

blog

काठमाडौँ, साउन २५ गते । लोककलाको प्रवद्र्धनमा समर्पित कलाकारको जीवनी पुस्तकका रूपमा पाठकमाझ आएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘लोककलाकार जीवनी’ पुस्तकमा १३ जना कलाकार समेटिएका छन्। 

कार्यक्रममा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले पुस्तकले लोककलाको प्रवद्र्धन र लोककला सिर्जना गर्ने कलाकारको मेहनत चर्चाको सुरुवात गरेको बताउनुभयो। उहाँले देशभर हरेक स्थान र जाति विशेषमा रहेको लोककलाबारे सानो पुस्तकले समेट्न नसके पनि लोककलाबारे पुस्तक लेख्न सकिने उदाहरण बनेको चर्चा गर्दै आगामी दिनमा पनि प्रतिष्ठान र अन्य लेखकले पनि लोककलाको समृद्ध वृत्तान्त लेख्दै जानुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले लोककलाको बृहत् पाटो रहेको बताउँदै पुस्तक पहिलो लेखिएको र अन्य शृङ्खला पनि भाग १, २ गर्दै लेख्दै जानुपर्ने सुझाव दिनुभयो । पुस्तकमा शारदा चित्रकार, जितबहादुर रायमाझी ‘मैथिल’, सूर्यबहादुर चित्रकार, श्यामानन्द ठकुरी, अजितकुमार, मिथिलादेवी यादव, सीतादेवी कर्ण, लक्ष्मण मण्डल, पवनकुमार राजवंशी, मित्थु थारू, जुलुमलाल चित्रकार, पुनमदेवी दास, एस.सी.,सुमनको लोककला यात्राबारे चर्चा गरिएको छ।