• ७ चैत २०८२, शनिबार

रुपनीमा सदा दम्पति एकै दिन निधन

blog

फुलेश्वर सदा र दुर्गीवती सदा। तस्बिरः रवीन्द्र कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ७ गते ।
सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उहाँकी ६५ वर्षीय पत्नी दुर्गीवती सदाको शनिबार एकै दिन निधन भएको हो।

गत राति २ बजे फुलेश्वरको र शनिबार बिहान ६ बजे दुर्गीवतीको निधन भएको हो। करिब ४ घण्टाको अन्तरालमा दम्पतीले जीवनको अन्तिम यात्रा तय गरेको रुपनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष छेदी इसरले जानकारी दिनुभयो।

मुसहर समुदायकी दुर्गीवती केही दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट हर्नियाँको अपरेसन गरी घर ल्याइएको थियो। स्वास्थ्य अवस्था कमजोर रहेकाले फुलेश्वरले उहाँलाई नियमित निगरानी गर्दै आउनुभएको वडाध्यक्ष इसरले बताउनुभयो। दम्पतीको निधन भएपछि टोलवासी स्तब्ध बनेको छ। वडाध्यक्ष इसरले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।