• ७ चैत २०८२, शनिबार

चट्याङ पर्दा घरमा क्षति

blog

अमरराज नहर्की
तनहुँ, चैत ७ गते ।
तनहुँको ऋषिङ गाउँपालिका–८, धारुङगैरीस्थित रानीपोखरीमा चट्याङ लाग्दा एक घरमा क्षति पुगेको छ । शुक्रबार साँझ विष्णु सारुको ढुङ्गा–माटोले बनेको एकतले कच्ची घरमा चट्याङ पर्दा घरभित्र रहेका सामग्रीमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनामा कुनै मानवीय तथा चौपायाको क्षति भएको छैन ।

“चट्याङका कारण घरमा जडान गरिएको मिटर बक्स, दराज तथा दराजमा राखिएका कपडामा क्षति पुगेको छ,” उहाँले भन्नुभयो । प्रहरीले घटनाको विवरण सङ्कलन गर्नुका साथै आवश्यक समन्वय गरिरहेको जनाएको छ ।