नयाँ विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा राज्यको अर्बौं लगानी बालुवामा पानी पोखेजस्तै भएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार अर्बौं लगानीमा कालोपत्रे भएका तीन, ग्राभेल भएका चार, माटो मिलान भएका १२ समेत गरी १९ विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।
घरेलु हिंसाका विषयमा प्रहरीमा पुगेका अधिकांश उजुरी मिलापत्रमा टुङ्गो लाग्ने गरेको पाइएको छ। लामो समयदेखि हुने घरेलु हिंसाका घटनालाई छलफलको माध्यमबाट मिलापत्र गराएर टुङ्गो लगाउँदा पछि जघन्य अपराघ हुने गरेको महिला अधिकारकर्मीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा दर्ता भएका घटना धेरै मिलापत्रमा समाधन हुने गरेको प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो। “घरेलु हिंसा भनेर दर्ता गर्न आएका हुन्छन्, दुई पक्षबीच छलफल गरेपछि मिल्ने भएमा त्यहीँबाट मिलाएर पठाउने गरिएको छ,” उहाँले भन्नुभयो, “अदालती प्रक्रियामा जाँदा लामो समय लाग्ने र झन्झटिलो मान्ने हुँदा त्यहीँबाट टुङ्गो लाग्ने गरेको हो।” “श्रीमान्÷श्रीमतीको झगडाका विषय, खान लगाउन नदिएको विषय, अन्य घरायसी विवादको कुरा मिलापत्र गरिएको हुन्छ,” उहाँले भन्नुभयो।
नेपालमा अपराधको स्वरूप परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै भरतपुरमा आयोजित कार्यक्रमका वक्ताहरूले यसको नियन्त्रण गर्न नसकिए भयावह स्थिति आउने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा मङ्गलबार भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै वक्ताहरूले हत्या, बलात्कार, ठगीजस्ता जघन्य अपराधको स्वरूप परिवर्तन भएको बताए।
प्रदेश सभाको दशौँ तथा अन्तिम अधिवेशनबाट प्रदेश १ ले नाम पाउने आशा गरिएको थियो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचवटै राजनीतिक दलका नेता तथा सांसदले पनि प्रदेशको नाम राख्ने दायित्व सबै प्रदेश सभा सदस्यको भएको बताउनुहुन्थ्यो। बजेट अधिवेशनबाट बजेट पारित हुने बित्तिकै नामकरणको प्रक्रिया अगाडि बढ्ने विश्वासमा सबै सांसद रहे पनि पछिल्लो समय दलहरूबीच बढेको सम्वादहीनताको अवस्थाले नामकरणको सम्भावना करिब टरेको छ।
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा पठाउन थालेको हो ।
विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रापूर्व नै सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन् ।
लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ।
गोरखापत्र संस्थानमा कार्यरत फोटो पत्रकार विकास द्वारे मङ्गलबार ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२’ बाट सम्मानित हुनुभएको छ ।
मुगुका डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित अन्य १३ कर्मचारीमाथि ३२ लाख ४९ हजार १९० रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मंगलबार उनीहरुविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
नेपाल र केन्याबीच हुन लागेको टी–२० र एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार केन्या भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ।
काठमाडौं, साउन २४ गते । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म 'दुई नम्बरी'को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा मुख्य कलाकार सौगात र दयाहाङसँगै अभिनेता बुद्धि तामाङ, उग्येन चोदेन, उपासना सिंहलगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।सामाजिक कथावस्तुमा बनेको फिल्ममा अभिनेत्री उग्येन र उपासनाका अभिनय पनि देख्न सकिन्छ । फिल्मलाई दिपक मनांगे, अमला देवी राई र जयश श्रेष्ठको लगानीमा निर्माण गरिएको छ । फिल्ममा पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा निमेश श्रेष्ठले सम्पादन गर्नुभएको हो ।
टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ टेुबल टेनिस खेल छाडेर अष्ट्रेलिया जान लाग्नुभएको छ । उहाँ उच्च शिक्षा अध्ययन गर्नका लागि अष्ट्रेलिया जान लाग्नुभएको हो ।