• १३ वैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवा र नेसपा अध्यक्ष डा. भट्टराईबीच भेटवार्ता

blog

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ।

काठमाडौं, साउन २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको डा. भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभयो । 

सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवासँगको भेटवार्ताका क्रममा नेसपाका अर्का अध्यक्ष महेन्द्रराय यादव पनि सहभागी हुनुभएको थियो । पोखरेलले भन्नुभयो, “छलफलमा चुनावी गठबन्धनका सम्बन्धमा छलफल भएको छ ।”