• ५ साउन २०८१, शनिबार

फिल्म 'दुई नम्बरी'को टिजर

blog

काठमाडौं, साउन २४ गते । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म 'दुई नम्बरी'को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा मुख्य कलाकार सौगात र दयाहाङसँगै अभिनेता बुद्धि तामाङ, उग्येन चोदेन, उपासना सिंहलगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।

सामाजिक कथावस्तुमा बनेको फिल्ममा अभिनेत्री उग्येन र उपासनाका अभिनय पनि देख्न सकिन्छ । फिल्मलाई दिपक मनांगे, अमला देवी राई र जयश श्रेष्ठको लगानीमा निर्माण गरिएको छ । 

फिल्ममा पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा निमेश श्रेष्ठले सम्पादन गर्नुभएको हो ।