• ११ वैशाख २०८१, मङ्गलबार

नेपाल र केन्याबीचको खेल तालिका सार्वजनिक

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन २४ गते । नेपाल र केन्याबीच हुन लागेको टी–२० र एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार केन्या भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।

नेपालले केन्यसँग पाँच वटा टी–२० सिरिज र तीन वटा एक दिवसीय सिरज खेल्ने तय भएको छ । जस अनुसार नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ तारिखसम्म सिरिज खल्ने छ । नेपालले पाँच खेलको टी–२० सिरिज अगस्ट २५, २६, २८, २९ र ३० तारिख तथा एक दिवसीय सिरिज सेप्टेम्बर २, ३ र ५ तारिख खेल्नेछ । 

क्यानले केन्या भ्राणलाई लक्षित गरी सिरिज अघिनै भारतका भारतका मनोज प्रभाकरलाई सोमबार मात्र प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आउने क्यानले जनाएको छ । हालै टोलीका प्रशिक्षक पुबुदु दसानायकेले राजीनमा दिएपछि नेपाली टोली प्रशिक्षक विहिन थियो । केन्या भ्रमणमा नेपाली टोलीको सम्पूर्ण खर्च केन्या क्रिकेट एसोसिएसनले गर्ने बताईएको छ । 

नेपाली टोलीको घोषणा

 नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणका लागि नेपाली क्रिकेट खेलाडी टोलीको घोषणा पनि गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्यीय टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेटिएको छ । यसअघिका विकेट किपर विनोद भण्डारी बाहिरिनुभएको छ ।

टोलीका खेलाडीहरुमा सन्दीपसहित उपकप्तान राहित पौडेल, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, आशिफ शेख, बसिर अहमद, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव कमल, आदिल आलम, करण केसी, अर्जुन साउद, पवन सरार्फ, शाहव आलम, किशोर महत्तो र विवेश यादव हुनुहुन्छ ।