• ५ साउन २०८१, शनिबार

टेबुल टेनिस संघद्वारा स्यान्टुको विदाई

blog

स्यान्टु श्रेष्ठको विदाई गरिँदै । तस्बिर : राखेप

काठमाडौं, साउन २४ गते । टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ टेुबल टेनिस खेल छाडेर अष्ट्रेलिया जान लाग्नुभएको छ । उहाँ उच्च शिक्षा अध्ययन गर्नका लागि अष्ट्रेलिया जान लाग्नुभएको हो । स्यान्टुलाई  मंगलबार एक कार्यक्रमबीच अखिल नेपाल टेबुल टेनिस संघले उज्वल भविष्यको शुभकामना सहित विदाई गरेको छ ।

संघको लैनचौरस्थित टेुबल टेनिस कभर्डहलमा संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्य, संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाडौं जिल्ला टेुबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीहरु लगायतले विदाई गर्नुभएको थियो । तीन पकटका राष्ट्रिय च्याम्पियन स्यान्टुले दक्षिण एशियाली खेलकुद (साग)मा एक रजत र तीन कांस्य पदक जित्नुभएको छ ।