शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                अविनाश चौधरी
धनगढी, साउन २५ गते । स्वास्थ्यमा समस्या भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनुभएको छ । सेती प्रादेशिक अस्पतालमा आज उहाँ भर्ना हुनु भएको हो ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएको मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराउनुभएको छ । मुख्यमन्त्रीलाई अस्पतालमा स्लाइन पानी दिइएको छ । यसैगरी उहाँको रगत पनि चेकजाँच गरिएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                