• २२ वैशाख २०८१, शनिबार

आज बिहानैदेखि खुल्यो आकाश, दिउँसोदेखि भारी वर्षाको सम्भावना

blog

काठमाडौं, साउन २६ गते । आज  [बिहीबार]  बिहानैदेखि आकाश खुल्यो र घाम पनि लागेको छ । बिहान घाम लागे पनि दिउँसोदेखि पहाडी भूभाग र अन्य भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। 

हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राती  प्रदेश १, बागमती र गण्डकी  प्रदेशको केही स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

भारी वर्षाको सम्भावना रहेका देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।