क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकायका अनुसार अहिलेसम्म एक हजार आठजना मङ्कीपक्सका बिरामी भएका हुन् ।
पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानका राष्ट्रिय सभाका सदस्य तथा प्रधानमन्त्रीको विशेष सहायक रोमिना खुर्सिद अलामबीच भेटवार्ता भएको छ ।
भक्तपुरमा आज बिहीवार (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यस वर्ष गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेपछि अघिल्लो दिन अर्थात् आज भक्तपुरमा जनैपूर्णिमा मनाइएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु हुने भएको छ ।
उत्तरगया गाउँपालिका वडा नम्बर २, भाङ्गे झरनामा पर्यटकको घुईंचो बढ्न थालेको छ । रसुवा जिल्लामा धेरै मनोरम झरनाहरु रहेको मध्ये वर्षाको समयमा मात्र बन्ने यस्ता झरनाहरु हेर्न आन्तरिक तथा वाह्य पर्यटकको घुईंचो लाग्छ ।
पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्यादे गाउँपालिका–३ धयरेमा बिहीबार बिहान ९ बजेर २० मिनेटमा माइक्रो बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा जाँदै गरेको बा ४ ख ९९९९ नम्बरकाे माइक्रो बस आफैँ अनियन्त्रित भई सम्धी खोला पुलको रेलिङमा ठक्कर खाएपछि १५ फिट तल खसेर दुर्घटना हुँदा उक्त सङ्ख्यामा घाइते भएको प्रहरीले जनाएको छ ।
सोलुदूधकुण्ड नगरपालिका–२ र ३ नम्बर क्षेत्रमा निर्माणाधिन बेनी हाइड्रोपावर आयोजनाकोे सामग्री चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।
पाँच दलीय सत्ता गठबन्धनको आगामी निर्वाचनका सम्बन्धमा बनेको कार्यदलको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको छ ।
सुनको मूल्य बुधबारको तुलनामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार विहीबार छापावाला सुनको मुल्य प्रतितोला मुल्य ९६ हजार छ सयमा झरेको छ ।
बारा प्रहरीले १५० भन्दा बढी मोटरसाइकल चोरी गरी विक्री गर्ने चोरी गर्ने समुहकै नाइके वृजमोहन साह सोनारलाई पक्राउ गरेको छ । प्रहरीले उनी सहित ६ जनालाई पक्राउ गरेको छ ।
साधना पन्त ‘प्रतीक्षा’को समकालीन नेपाली नारी आख्यानमा पहिचान र विद्रोह कुल छवटा परिच्छेदमा संरचित अनुसन्धानात्मक सामग्री हो । यस पुस्तकको पहिलो परिच्छेद मानव समाजमा नारीको स्थान, त्यसको प्राचीनदेखि आधुनिक (वर्तमान) समयसम्मका प्रतिनिधि व्यवहार एवं दृष्टिकोण निर्माणमा निर्णायक मानिएका सामाजिक अभ्यास तथा अध्ययन, तिनलाई सैद्वान्तिकीकरण गर्ने आधारको समीचिन विश्लेषणमा केन्द्रित छ । समालोचनामा नारीवादी
बिहानको ६ बजे नै रेडियोका लागि मोटरसाइकलमा हेटौँडा बजार निस्केँ । एउटा सानो बाबु सबैसँग आफ्नो हात फैलाउँदै पैसा मागिरहेको थियो । कसैले पैसा झिकेर दिन्थे त कोही नबोली हिँडथे । त्यो सानो बाबु मेरो नजिक पनि आइपुग्यो । मसँग पनि पैसा माग्यो । उसको नम्र बोली, मलिन अनुहार देखेर मलाई पनि माया लाग्यो । मैले पनि थोरै पैसा उसको हातमा दिएँ । मलाई लाग्यो, यति सानो बाबुले किन पैसा माग्दै हिँडेको होला । मनमनै सोचेँ । उसलाई बेलाएर केही सोधु सोधु लाग्यो र बोलाएँ । बाबु यो पैसा जथाभावी खर्च नगर है ।
कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ ।