• ९ असार २०८१, आइतबार

सुनको भाउ पाँच सयले घट्यो

blog

काठमाडौं, साउन २६ गते । सुनको मूल्य बुधबारको तुलनामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला मूल्य ९६ हजार छ सयमा झरेको छ । बुधबार सुनको मूल्य ९७ हजार एक सय कायम थियो । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला बिहीबार ९६ हजार एक सय तोकिएको छ । 

यो साता छापावाला सुनको मूल्य सबैभन्दा कम ९६ हजार एक सयमा झरेको थियो । त्यसै गरी चाँदीको मूल्य प्रतितोला एक हजार २२५ पुगेको छ । बुधबारको तुलनामा चाँदी पाँच रुपियाँले घटेको महासङ्घले जनाएको छ ।