विद्यालयको पठनपाठनका लागि सहज होस् भन्ने उद्देश्यले गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटाको सल्लेरी वन नजिक निर्माण गरिएको भवन अहिले प्रयोगविहीन भएको छ। भूकम्प पुनर्निर्माण प्राधिकरणले लाखौँ रुपियाँ खर्चिएर निर्माण गरेको भवन अपायक भएको भन्दै प्रयोगविहीन बनाइएको हो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आन्तरिक स्रोतका रूपमा बाल उद्यानसहितको ‘सपिङ कम्प्लेक्स’ निर्माण गरेर गत फागुन ३ गते तामझामसाथ उद्घाटन ग-यो। भवनको तल्लो तलामा १४ वटा सटर, माथिल्लो तलामा रेस्टुरेन्ट र हलसहित झट्ट हेर्दा नगरपालिकाको गतिलो आम्दानीको स्रोत बन्ने देखिएको थियो। अझ सपिङ कम्प्लेक्सको पछाडिको भागमा तयार भएको बालबालिका उद्यान, स्वीमिङ पुल, कोलम्बस राइड (पिङ), स्वीङराइडलगायतका संरचनाले सुनमा सुगन्ध थपिएको भनेजस्तै देखिन्थ्यो। नगरले निर्माण गरेको उक्त संरचनाको चौतर्फी प्रशंसा भएर पनि यतिबेला उक्त ‘सपिङ कम्प्लेक्स’ विवादमा फसेको छ।
दोलखाको जिरी नगरपालिकास्थित जिरी–माली–श्यामा सडक गुणस्तरीय बन्न नसक्दा यो पटकको बर्खायाममा पनि स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन्। १६ वर्षदेखि बर्सेनि बजेट विनियोजन भए पनि सडक गुणस्तरीय बन्न नसक्दा यात्रुले सास्ती भोग्नुपरेको हो।
रसुवा जिल्लामा पर्ने पासाङल्हामु राजमार्गको बेत्रावती–कालिकास्थान सडकमा पहिरो जाँदा धुन्चे–काठमाडौँ तथा रसुवागढी नाकासम्म सवारीसाधन सञ्चालन ठप्प भएको छ। उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ५० मिटर सडक पहिरोले भत्काएको छ।
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ ।
तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशैभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अधिकांस क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति प्रक्रियाका लागि २७७ जनाले आवेदन दिएका छन्। साउन १० गतेको न्याय परिषद्को निर्णयअनुसार साउन ११ गतेबाट १० दिनको समयसीमा दिएर आवेदन आह्वान भएको थियो। तोकिएको समयमा जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी तथा कानुन व्यवसायी तथा अन्य समूहबाट २७७ जनाको आवेदन गरेको परिषद्ले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नमा मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ। रक्षाबन्धन, जनैपूर्णिमा एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा प्रधानमन्त्री देउवाले जारी गर्नुभएको शुभकामना सन्देशमा रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभएको छ।
सरकार र निजी क्षेत्रबीच पहिलो पटक सहकार्य गर्ने समझदारीपत्रमा सम्झौता भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच मुलुकको आर्थिक रूपान्तरणका सो सम्झौता भएको हो । मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद दुवाडी र महासङ्घका अध्यक्ष शेखर गोल्छाले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताउनुभएको छ।
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उमाकुमारी मिश्र राउत नियुक्त हुनु भएको छ ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधानका लागि सुझाव पेस गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
काठमाडौं, साउन २६ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भएर पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ।पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको आज समापन समारोहमा अध्यक्ष नेपालले मानव जीवनमा ज्ञान र सिकाइको महत्त्व हुने बताउनुभयो। उहाँले प्रशिक्षार्थीलाई प्रशिक्षणमा सिकेका ज्ञान, सीप तथा सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गरी ती सैद्धान्तिक विषयवस्तुका कार्यक्रमलाई प्रदेश, जिल्ला तहसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुकको समसामयिक राजनीतिमा व्यक्तिवादी हाबी भएको बताउँदै यस्तो परिस्थितिमा निजी स्वार्थबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिनुभयो। जनताको सामाजिक रुपान्तरण तथा मुलुकको विकास समृद्धिमा कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा रहेकाले त्यस आदर्शप्रति समर्पित रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। तीन सातासम्म सञ्चालित उक्त प्रशिक्षणमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका ६५ प्रतिनिधि सहभागी थिए। रासस
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताउनुभएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ । बिहिबार बसेको एन्फा बैठकले आगामी साधारणसभामा प्रस्ताव सहित अनुमोदन गर्ने गरी श्रेष्ठलाई मनार्थ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।